काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा जारी २०औँ संस्करणको सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको हो ।
पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो । पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए । मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भयो । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थिए ।
एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो । खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।
खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगको लिग लिडर मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाए । एपिएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहा १ राराको फाइनल पुगेको थियो । फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो । आहा राराको इतिहासमा दोस्रो पटक फाइनल पुगेको एपिएफले बिहीबार मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग माघ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले खेलाडीले मेहनत गरेर खेलेकाले फाइनल पुग्न सफल भएको र प्रदर्शनप्रति खुशी व्यक्त गरे । टोलीमा विदेशी खेलाडीको सहभागितापछि शहीद स्मारक लिगको तेस्रो चरणपछि हार बेहोर्न नपरेकाले अब उपाधिका लागि खेल्ने बताए ।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग खेल्ने पहिलो रोजाइका छ खेलाडी टोलीमा नहुँदा खेल कठिन भएको बताउनुभयो । सङ्कटासँगको अघिल्लो खेलका टोलीका दुई महत्वपूर्ण खेलाडी घाइते भएको र १० खेलाडीमा सीमित हुनुपर्दासमेत हार भएको उहाँको भनाइ छ ।
प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो । यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: