Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

कामाडौंको धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

खबरडबली संवाददाता

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ । 

कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ । 

नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए । रु पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ । भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ । 

नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए । भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उनले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरे । विगतमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण यसको निर्माण कार्य केही प्रभावित भए पनि अहिले उत्साहजनकरूपमा काम भइरहेको उनले बताए। 

यही माघ २५ गतेसम्म कार्यसम्पन्न गर्ने गरी निर्माण कम्पनी जय भवानीले सम्झौता गरेकामा कोभिडका कारण थप छ महिना म्याद थपको माग भएको छ । भौतिक पूर्वाधार निर्माण कार्यसम्पन्न भए पनि अन्तिम फिनिसिङ कार्य सम्पन्न गर्नका लागि म्याद थपको अनुरोध गरेको जय भवानी निर्माण सेवाका सञ्चालक अर्जुन पनेरुले बताए । उनले घामपानी केही नभनी निर्माण धमाधम गरे पनि कोभिडका कारण केही प्रभावित भएको उल्लेख गरे। निर्माण नसकिँदै भ्यूटावर अवलोकन गर्न सर्वसाधारण पुग्ने गरेका छन् । भ्यूटावरले कोहलपुरमा अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने नगरकार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए। उनले भने, “१० तल्ले सुविधा सम्पन्न सो भ्यूटावर सर्वसाधारणका लागि निक्कै आकर्षक हुने विश्वास लिएका छौं ।”  उनका अनुसार नगरपालिकाले सुरु गरेको ठूला आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी धमाधम भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending