काठमाडौं । नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यहाँस्थित त्रिपुरेश्वरमा रहेको महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सले अमेरिकी ब्राण्डको थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क बिक्री गरेको पाइएको हो । यसरी बिक्रीमा संलग्न चार जनालाई छ हजार ११४ थान थ्रीएम मास्कसहित पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्ने भारत राजस्थान बस्ने नक्कली मास्क सप्लायर्स यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर सङ्खुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...
माघ १९ गते, २०८२ - ०८:३०
काठमाडौँ । चुनावी अजेन्डाबारे सार्वजनिक बहसका निम्ति केही टेलिभिजन प्रस्तोताहरूले गरेको आह्वानमा दलहरूबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत केही उम्...
माघ १९ गते, २०८२ - ०८:०९
भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच...
माघ १९ गते, २०८२ - ०८:०४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, ...
माघ १९ गते, २०८२ - ०७:५८
सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँला...
माघ १९ गते, २०८२ - ०७:५३
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३ किलोमिटर सडक नौ वर्षमा पुनः ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोप...
माघ १९ गते, २०८२ - ०७:३५
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी च...
माघ १९ गते, २०८२ - ०७:३१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अन...
माघ १९ गते, २०८२ - ०७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध...
माघ १९ गते, २०८२ - ०७:२४
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरम...



प्रतिकृया लेख्नुहोस्: