म्याग्दी । कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।
हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र मंगलाघाट क्षेत्र कटानको जोखिममा परेको स्थानीयबासी टंक हमालले बताए ।
‘कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब १०० मिटर ग्यावीयन पर्खाल भत्काएर कटान गरेको थियो’ उनले भने, ‘हिउँदको शुरुआतमै हुनुपर्ने नदी नियन्त्रणको काम मध्य माघ हुँदा समेत सुरसार नहुँदा बर्खामा बाढीले कटान गर्ने जोखिम बढेको छ ।’
गर्मी शुरु भएपछि नदीमा पानीको सतह बढ्ने, बाढी आएपछि काम अधुरो हुने र लगानी खेर जाने जोखिम हुन्छ । नदी नियन्त्रण योजनालाई छिटो शुरु गराउन नगरपालिकाले ताकेता गर्नुपर्ने हमालको भनाइ छ ।
जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बेनी बजारमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।
ठेक्का सम्झौता भइसकेकाले केही दिनमै ठेकेदारले बेनीको कालीपुल र संगमचोकको कालीगण्डकी किनारमा नदी नियन्त्रणको काम शुरु गर्ने परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए।
उनले भने, ‘दुई ठाउँमा तीन सय ४० मिटर पक्की पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ । यसपाली चार करोड रुपैयाँ बजेट बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाको नौ करोडको ठेक्का लगाएर थप बजेटका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा प्रस्ताव गरेका छौ ।
इञ्जिनियर विश्वकर्माका अनुसार कालीपुल र संगमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकै १७०/१७० मिटर पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ तीन करोड र पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८१ - ०९:५२
बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू
बैशाख २३ गते, २०८१ - ०८:५८
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ । यसअघि गत आइतबार अदालतले आज पहिलो प...
बैशाख २३ गते, २०८१ - ०८:५२
बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...
बैशाख २३ गते, २०८१ - ०८:४९
काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...
बैशाख २३ गते, २०८१ - ०८:०५
जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...
बैशाख २३ गते, २०८१ - ०७:५३
बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...
बैशाख २३ गते, २०८१ - ०७:४५
डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...
बैशाख २३ गते, २०८१ - ०७:४०
महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...
बैशाख २३ गते, २०८१ - ०७:३६
काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...
बैशाख २३ गते, २०८१ - ०७:३१
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...
प्रतिकृया लेख्नुहोस्: