काठमाडौं । अवैध रुपमा क्यानाडाबाट अमेरिका छिर्न खोज्ने एक भारतीय परिवारका चार जना मृत्त भेटिएका छन्। अमेरिकाको सीमानाभन्दा केही कदम नजिक एक भारतीय परिवारै मृत फेला परेको हो।
उक्त घटनालाई मानव तस्करीसँग जोडिएर हेरिएको छ। अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका छोराछोरी ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो ।
क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यहरूको मृत्यु मानव तस्करीसँग जोडिएको विश्वास गरेका छन् । क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृत्यु भएको हो । परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको थियो। त्यसपछि उनीहरु पश्चिमी क्यानडाको मनिटोबामा गएका थिए । जनवरी १८ तिर सीमावर्ती शहर इमर्सनमा गएका थिए । उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो ।
क्यानाडा अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन नभेटिएपछि उनीहरुलाई कसैले कारमा लगेर त्यहाँ छाडेको जनाइएको छ । त्यसपछि उनीहरु त्हाँबाट पैदल हिँडेर अमेरिका छिर्न खोज्दा मृत्यु भएको हो ।
जनवरी १९ को साँझ अमेरिका छिर्न खोज्ने सात जना भारतीयको अर्को समूहलाई पनि सीमा क्षेत्रमा पक्राउ गरिएको थियो । पटेल परिवारको विषय सात व्यक्तिको समूहसँग सम्बन्धित भए नभएकोबारे केही बताइएको छैन । फ्लोरिडाका ४७ वर्षीय स्टिभ सान्डलाई भ्यानमा १५ जनालाई राखेर सीमा क्षेत्रतिर लैजादै गर्दा मानव तस्करीको आरोपमा पक्राउ गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - ०९:२२
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर वि...
पौष २२ गते, २०८२ - ०९:२१
पर्सा । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि...
पौष २२ गते, २०८२ - ०९:०६
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेर...
पौष २२ गते, २०८२ - ०८:५८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि पार्टीभित्र आन्तरिक छलफलमा सक्रिय भएका छन्। एकता सन्...
पौष २२ गते, २०८२ - ०८:४६
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको...
पौष २२ गते, २०८२ - ०८:३२
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक य...
पौष २२ गते, २०८२ - ०८:२३
भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ...
पौष २२ गते, २०८२ - ०८:१९
काठमाडौं । गत शनिबार एमालेको क्षेत्रीय कमिटी बैठकले झापा–५ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने...
पौष २२ गते, २०८२ - ०८:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्नेगरि बैठक आह्वान भएको केन्द्रीय कार्यालयका सचिव डा....
पौष २२ गते, २०८२ - ०८:०८
काठमाडौँ । जेनजी आन्दोलनको प्रभावपछि सत्ता राजनीतिबाट केही हदसम्म टाढिएका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् । ११ म...




प्रतिकृया लेख्नुहोस्: