Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

हुबहु सार्ने ३४ पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही

रासस
काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । 
दुई आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गर्दै काउन्सिलले पत्रपत्रिका वितरण संपरीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
 
विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै तीन वर्षदेखि सार्वजनिक हुनसकेको थिएन । नतिजाअनुसार आव २०७५÷७६ को वर्गीकरणका लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् ।
 
यस्तै ‘ख’मा ४७६ पत्रपत्रिका, ‘ग’ मा १३७ पत्रपत्रिका र ‘घ’ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, तीन अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, सातवटा द्वैमासिक पत्रिका र छवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् ।
 
तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आव २०७६÷७७ को वर्गीकरणका लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । 
 
यस्तै ‘ख’मा ४३१ पत्रपत्रिका, ‘ग’मा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । ‘घ’ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, दुई अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, छवटा द्वैमासिक पत्रिका र आठवटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र नौवटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । 
 
तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप सात दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको २५ प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।
 
पत्रकारितामा पछिल्लो समय आचारसंहिता उल्लङ्घनका घटना बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चारमाध्यमले गैरजिम्मेवार भई समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेको सम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।
 
काउन्सिलले यसतर्फ गम्भीर भई स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending