काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो समयमा सहरी पक्षीको सङ्ख्यामा वृद्धि भएको छ । यस वर्षको जाडो मौसममा गरिएको ‘अर्बन बर्ड काउन्ट’ मा उपत्यकामा कूल छ हजार ७०१ चराको सङ्ख्या रेकर्ड गरिएको छ ।
गत वर्षको तुलनामा ९४७ सहरी पक्षीको सङ्ख्या वृद्धि भएको देखिएको हो । सन् २०२१ को गणनामा कूल पाँच हजार ७५४ सङ्ख्या रेकर्ड गरिएको थियो । नेपाल पक्षी संरक्षण सङ्घले सन् २०२२ को जनवरी १ देखि ८ सम्म उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिममा गरी कूल २४ योजनाबद्ध ‘ट्रान्जिट’ मा सहरी, उपनगरीय र ग्रामीण क्षेत्र गरी तीन क्षेत्रमा सहरी पक्षीको अवलोकन गरेको थियो ।
गणनामा मलेवा, घर काग, घर भँगेरा, घर गौँथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र वस्तु वा बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घका ‘पोलिसी एण्ड एडभोकेसी अफिसर’ किर्ती नेपालले जानकारी दिइन् ।
उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७६९ सङ्ख्याले वृद्धि भएको छ । गत वर्षको गणनामा सहरी क्षेत्रमा जम्मा एक हजार ९२६ चरा देखिएका थिए भने यसवर्ष दुई हजार ६९५ चरा फेला परेका छन् । यसैगरी ग्रामीण क्षेत्रमा पनि चराको सङ्ख्या २९० ले बढेको छ ।
ग्रामीण क्षेत्रमा सन् २०२१ मा एक हजार ५२५ चराको सङ्ख्याको तुलनामा यस वर्ष एक हजार ८१५ चराको अभिलेखीकरण भएको छ तर उपनगरीय क्षेत्रमा चराको सङ्ख्या २८८ ले घटेको देखिएको छ ।
गत वर्ष दुई हजार ३०३ सङ्ख्या रेकर्ड गरिएको थियो भने यस वर्ष त्यहाँ दुई हजार १५ सङ्ख्या रेकर्ड गरिएको उनले बताइन् । यो कार्यक्रम सङ्घले जाडो र गर्मी दुई मौसममा गर्नेछ । प्राप्त जानकारीले उपत्यकाको सहरी चराको सङ्ख्याको अवस्थाबारे स्पष्ट चित्रण गर्छ । यस यामको गणनामा ३५ भन्दा बढी सरोकारवाला व्यक्ति संलग्न रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...
पौष ६ गते, २०८२ - ०७:००
स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...
पौष ६ गते, २०८२ - ०६:५७
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...




प्रतिकृया लेख्नुहोस्: