Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

गृहमन्त्रीको आश्वासन : पीडित नागरिकप्रतिको दायित्व निर्वाह गर्न सरकार प्रतिबद्ध छ

गृहमन्त्रीसामु बस्ती संरक्षण समिति बनाएर राहत घोषणा गर्न माग

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन्। सिन्धुपाल्चोक  हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। 

मन्त्री खाँणले भने, ‘पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।’

गत असार  र साउनमा  मेलम्ची क्षेत्रमा आएको बाढीबाट क्षति भएका पुल निर्माणका लागि यथाशीघ्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै उनले नेपाली सेनाले छोटो अवधिमा निर्माण गरेको बेलीवृज यस क्षेत्रका नमूना हुने विश्वास व्यक्त गरे। 

सेनाले यसअघि राष्ट्रिय महत्वका विभिन्न खोलामा विभिन्न समयमा बेलीवृज जडान गरी जनताको सेवा र सुविधाका लागि काम गरेको बताउदैँ मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नागरिकको आशा र भरोसालाई तत्कालै सम्बोधन गर्ने कार्यक्रम बनाएर काम गर्न निर्देशन दिए। 

कोरोना सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै उनले मास्क र खोपको प्रयोगले सङ्क्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने भएकाले त्यसमा ध्यान दिन सुझाव दिए।  

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची क्षेत्रका जोखिममा रहेका बस्ती संरक्षणका लागि समिति गठन गर्न, ट्राउड फर्म र घर खेत बगाएका नागरिकलाई राहत घोषणा गर्न माग गरे। 

उनले मेलम्ची क्षेत्रका बगाएका स्थानमा पुल निर्माणका लागि तत्काल डिपीआर बनाएर काम सुरु गर्न बजेट निकासा होस् भन्दै भत्किएक सडक निर्माण र कालोपत्रका गृहमन्त्रीसँग अनुरोध गरे। नेपाली सेना विपद् व्यवस्थापन निर्देशक यामप्रसाद ढकालले सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समयमै काम फत्ते गरेको बताए।

उनले भने, ‘जोखिममा परेका बस्ती संरक्षणका लागि मेलम्चीलाई साविकै धारमा फर्काएर दुवैतर्फ तटबन्ध निर्माण गर्न आवश्यक छ, पुल निर्माणले हेलम्बुलगायत आसपासका गाउँपालिकाका नागरिकलाई बन्द व्यापार सञ्चालन र आवतजावतमा ठूलो सहयोग पुग्नेछ ।’

गत साउन १६ र १७ गते आएको भीषणवाढीबाट स्थानीय चनौटे बजारस्थित मेलम्चीका रातो पुल बगाएपछि त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । छोटो समयमै पुल निर्माण गरेकोमा सेनाको कामको प्रशंसा गर्दै  स्थानीयले पुल निर्माणले आवतजावत गर्न निकै सुविधा पुगेको भनी हर्ष प्रकट गरे ।

सेनाले तनहुँमा रहेको बेलीवृज ल्याएर काम थालेको दुई महिनामै जडान कार्य पूरा गरेको हो । सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० चौडाइका उक्त पुल रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको सहायकरथी ढकालले जानकारी दिए। मेलम्ची खोलामा आएको बाढीले त्यस क्षेत्रका पाँच पक्की पुल र ३०० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पु¥याएको थियो । बढीले त्यस क्षेत्रका उब्जाउ हुने हजारौँ रोपनी खेत बगाएर नागरिकलाई बिचल्लीमा पारेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अघिल्लो चुनावमा दलहरूले गरेका मुख्य वाचा जुन पूरा भएनन्, नयाँ के ल्याउलान् ?

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन आउन डेढ महिना पनि बाँकी नहुँदा अहिले मुख्य भनिएका दलहरूले जनता रिझ्याउन नयाँनयाँ घोषणापत्र तयार गरिरहेको बताएका छन्...

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३  महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा सो...

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हँुदै गत आवको छ महिनाको...

७७ वटै जिल्ला सभापतिलाई कांग्रेसको परिपत्र- एकताबद्ध रहेर निर्वाचनमा केन्द्रित बनौँ

शेरबहादुर देउवाको साथ रहने सभापति थापाको विश्वास

सुन र अमेरिकी डलरको मूल्य हरेक दिन नयाँ उचाइमा, किन ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ । सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरह...

‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, उच्चस्तरीय टोली पनि आउँदै

काठमाडौँ । २१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्...

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार...

निर्वाचन आयोगको ‘कल सेन्टर’ मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौँ । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा धेरैले जिज्ञासा राख्ने गरेका छन् । मतदाता नामावलीमा नाम भए नभएको बारे धेरै...

प्रतिनिधिसभा निर्वाचन- समानुपातिकतर्फको मतपत्र छपाइ सकियो, प्रत्यक्षको थालियो

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।  जनक शिक्षा ...

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending