Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

खबरडबली संवाददाता

त्रिशूली । नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । 

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो । 

खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरणपश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा सुलोचना श्रेष्ठले जानकारी दिए । 

नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्य क्षेत्र तोकेर पठाइएको छ । सप्ताहव्यापी अभियानलाई स्थानीय तहले आफ्नै कार्यक्रमका रुपमा सफल बनाउनका लागि सहयोग पु¥याउन अनुरोध गरिएको छ ।

पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले आग्रह गरे।

भेडाबाख्रामा हैजाको रुपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । यसको न्यूनीकरण गर्न खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

“रोगबाट बचाउन सबैभन्दा बढी सुरक्षित खोप लगाउनुमा उत्तम छ”, पाण्डेले भने, “जन्मेदेखि तीन महिना पूरा नभएका पाठापाठी, गर्भाधानको समयको सुरुको एक महिना र अन्तिमको दुई महिना बाँकी रहेकाबाहेक सबै भेडाबाख्रालाई खोप लगाउन सकिने छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बागमती प्रदेशमा ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार  बाख्रा रहेका थिए ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...

अमेरिकामा प्रधानमन्त्रीको कार्यक्रम- बाइडेनले आयोजना गर्ने समारोहमा सहभागी हुनेदेखि गुटेर्रेससँग भेटसम्म

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

'जोङ्ग' गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

म्याग्दी । चारै तिर नांगो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो ...

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार ...

संविधान दिवसमा प्रचण्डको आह्वान- निरङ्कुशतावादी र अराजक सोचको प्रतिवाद गरौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थ...

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर...

गोकुलको दाबी : रविको पद जान्छ, चितवन-२ मा तेस्रोपटक चुनाव हुन्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्ष...

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदो...

कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा सफा नियतले अघि सारेका होइनन् : अग्नि सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अस्थिरता अन्त्य हुन्छ

‘सरकारलाई टिकाउ बनाएर लैजान बनेको नयाँ गठबन्धनको नतिजा हेर्न बाँकी छ’ (अन्तर्वार्ता)

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन्। उनले संशोधनपूर्व संविधान कार्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy