सुुर्खेत । सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो ।
कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताए। कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उनको भनाइ थियो । “गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमूना परीक्षणसमेत बढाइएको छ,” प्रमख थापाले भने, “दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन् ।”
कार्यालयले चालु आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र खाद्य पसल, सुुपरमार्केट, रेस्टुुरेन्ट तथा मिठाई पसलमा गरी २६८ पटक अनुगमन, दाना उद्योगमा दुुईपटक अनुुगमन गरिएको जनाएको छ ।
त्यस्तै होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी सचेतना अभिमुखीकरण दिनाका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेलमात्र वर्गीकरणमा परेका छन् ।
कार्यालयले भुसाल इन्टरप्राइजेज छिन्चुमा लेबल नभएको ५० बोरा चामल बिक्रीमा रोक, खाद्य व्यापार कम्पनीको एक हजार ९७५ क्विन्टल चामल रोक्का, आरपी जनरल स्टोर्स ५४ पेटी भेनिगर तथा १५० पेटी सोया ससमा रोक्का गरिएको र पटक–पटकको निर्देशन पालना नगर्ने दुई उद्योगको कारोबार रोक्का गरिएको जनाएको छ । उक्त कार्यालयले कर्णाली र सुर्खेतका साथै दैलेख, जाजरकोट, रूकुुम पश्चिम, डोल्पा र हुुम्लामा खाद्य गुणस्तरसम्बन्धी अनुुगमन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: