पर्वत । यहाँको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे ।
उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ । भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ ।
शिलान्यास कार्यक्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताउनुभयो । “परिवर्तनको अगुवाइ माओवादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो”, उनले भने “अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओवादी पार्टीले नै लिनुपर्ने हुन्छ ।”
नीति एउटाको, नेतृत्व अर्काको भएका कारण तालमेल मिल्न नसकेको उनले बउनुभताए। समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र सङ्घ सबै तहमा नीतिअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुदाँ गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले दाबी गरे ।
पछिल्लो समयमा पूर्वाधारका क्षेत्रमा देश अघि बढेसँगै अब उत्पादनमा समेत जोड दिनुपर्ने मन्त्री बरालले बताए । मगर बस्ती भएको उक्त क्षेत्रमा उत्पादनसहित पर्यटन प्रवद्र्धन गर्न घरबाससमेत सञ्चालन गर्न मन्त्री बरालले सुझाव दिए ।
राज्यले सबै धर्मलाई समानरुपले हेर्ने बताउँदै मन्त्री बरालले उक्त बिहार निर्माणमा थप रकम व्यबस्थापन गर्न पुनः पहल गर्नेसमेत बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: