Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

'अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन्'

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ । 

संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष ९यूनिसेफ०ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । 

यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । 

विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ । 

“तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,” अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ ।  

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ ।

बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लक्ष्मीपूजाको दिन विद्युत्‌को उच्च माग १६०२ मेगावाट, पिक समयमा २५३ मेगावाट भारतर्फ निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको  विद्युत् उच्च माग (पिक डिमान्ड) १६०२ मेगावाट रेकर्ड गरिएको जनाएको छ ।  ...

डेडिकेटेड ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। आयोगका सचिव मनदेवी श्रेष...

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

पर्वत । चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाध...

हङकङ सिक्सेस- इंग्ल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ।  नेपालले प्रतियोग...

आज देशभर मौसम अनुकूल रहने

काठमाडौँ । देशभर पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफ...

प्रचण्डको दाबी- जनताले २०८४ मा माओवादीलाई बहुमतका साथ जिताएर पठाउँछन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन्। नेकपा माओवादी केन्द्र मध्यपुरथ...

फूल बेच्न भ्याइनभ्याई

कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ । कञ्चनपुरको दोधा...

मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

सुनसरी । ‘लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ’ अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापात...

अम्बा बिक्री गरेर नुन तेलको जोहो

गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू ...

बुवा-आमासँग अझै सुरक्षित छ साम्बाले स्कुल पढ्दा खेलेको मोजाको बल

सावित्राका बुवा थमन भन्छन्- केटाहरूसँग फुटबल खेल्दा गाउँलेहरूले तेरी छोरी बिग्रिई भनेर सुनाउँथे

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy