यमन । यमनी हुथी विद्रोही समूहले सरकारी सेनालाई शनिबार देशको उत्तरी प्रान्त हजाहको हेराद सहरबाट बाहिर निकालेको छ ।
विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रयासमा कम्तीमा ६० भन्दा बढी सैनिकको मृत्यु हुनुका साथै अन्य १४० बढी घाइते भएका सैनिक स्रोतले बताएको छ ।
सैन्य अग्रपङ्क्तिको स्रोतले सिन्ह्वालाई दिएको जानकारीमा भनिएको छ, ‘हुथी लडाकूले शनिबारको युद्धमा अल–मिसाम सैन्य शिविर र उच्च पर्वतहरू पुनः कब्जा गरेका छन् ।’
उनले भने, ‘विद्रोही लडाकूले लुकीछिपी सेनामाथि आक्रमण गर्दा ६० भन्दा बढी सैनिक सिपाहीको मृत्यु भएको छ । उनीहरू दक्षिणी र पश्चिमी छिमेकमा गोप्य रूपमा प्रवेश गरी गरेको आक्रमणमा अन्य १४० जना घाइते भएका छन् ।’
यमनी सरकारी सेनालाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धन फौजले हुथी अग्रपङ्तिलाई लक्षित गरी कम्तीमा तीन हवाई आक्रमण गरेको स्रोतले बताएको छ ।
अहिले सेना साउदी अरबसँग सीमा जोडिएको यो रणनीतिक सहरबाहिर पुगेको बताइएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा मुछिएको छ । इरानको सहयोगमा यमनी हुथी लडाकूले उत्तरी प्रान्तहरूमाथि कब्जा जमाएर राष्ट्रपति अब्द–रबू मानसौर हादीको साउदीप्रति निकट नेतृत्वलाई पछि हट्न बाध्य बनाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: