काठमाडौं । ‘नेपाली ब्रो’ नामले परिचित टिकटकर कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार स्कुटीमा सवार अवस्थामा रहेकी ईश्वरीको टाउकोमा रड प्रहार गरी हत्या गरिएको हो। घटना शुक्रबार राति करिब १०:१० बजे तारकेश्वर नगरपालिका–६ लोलाङ, पैँयुटार क्षेत्रमा भएको हो।
घाइते अवस्थामै उनलाई स्थानीयले तत्काल तारकेश्वर अस्पताल पुर्याएका थिए। अत्यधिक रक्तस्रावका कारण थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
प्रहरीका अनुसार ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर आफूलाई रेस्लर तथा फाइटरका रूपमा पनि परिचित गराउँदै आएका थिए। मृतक ईश्वरी भुजेल नेपाली सेनामा कार्यरत रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो। सोही विवादका क्रममा घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी भट्टराईका अनुसार ईश्वरी कामबाट फर्किने समय पर्खिएर कुमार बाटोमै ढुकेर बसेका थिए। उनी घर नजिकै आइपुग्नासाथ रड प्रहार गरिएको थियो।
घटनापछि फरार भएका कुमार थापा मगरलाई प्रहरीले शुक्रबार राति बालाजु क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...
जेष्ठ २३ गते, २०८३ - ०८:०१
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...
जेष्ठ २३ गते, २०८३ - ०७:५६
मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...
जेष्ठ २३ गते, २०८३ - ०७:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...



प्रतिकृया लेख्नुहोस्: