Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

प्रदेश १ को नामाकरण सकस, ‘विराट’ घोषणा गर्न माग

खबरडबली संवाददाता

विराटनगर । प्रदेश नं १ लाई विराट प्रदेश नामकरण गर्नुपर्ने राजवंशी समाज उत्थान समिति (विराट) ले माग गरेको छ । 

समितिको यही फागुन ६ गते हुने १५औँ बृहत् भेलापूर्व सोमबार आयोजित गरिएको पत्रकार सम्मेलनमा विराट राजासँग जोडिएको विराट राजवंशीहरु पूर्वी नेपालको आदिवासी भएकाले यस क्षेत्रको सामूहिक पहिचानका लागि प्रदेशको नाम विराट हुनुपर्ने अन्यथा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

समितिका केन्द्रीय अध्यक्ष भुवनेश्र मण्डलले विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्नुपर्ने माग गरे । 

समितिले विराट राजवंशीलाई राज्यको हरेक अङ्गमा स्थान सुरक्षित गर्नुपर्ने, यस समुदायलाई विराटनगरको प्रथम जातिका रूपमा घोषणा गर्नुपर्ने, प्रदेशसभा सदस्यमा यस जातिलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा बुढीगङ्गा, धनपालथान र ग्रामथान गाउँपालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद् बनाउनुपर्ने, यस समुदायको उत्थानका लागि प्रत्येक तह र अङ्गमा छुट्टै आरक्षणको व्यवस्था गनुपर्ने र विराटनगरको भेडियारीस्थित विराट दरबार क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रका रूरुपमा विकास गर्नुपर्नेलगायत माग सङ्घीय र प्रदेश सरकारले यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने उहाँले बताए । 

अध्यक्ष मण्डलले आफ्ना मागका सम्बन्धमा विगतमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाइएको जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE