सिन्धुपाल्चोक । सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गर्नु भएको छ ।
गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाईड्रोले गरिरहेको पुनस्र्थापनाको कामको स्थालगत निरिक्षण गर्न सोमबार बिहान ७ बजे नै पुननिर्माणस्थल पुग्नु भएको हो ।
काठमाडौंबाट बिहानै स्थलगतमार्गबाट काभ्रेको धुलिखेल, पाँचखालबाट मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको सुइँको पाएका थिए ।
झिसमिसे बिहानै मन्त्रीको आवगमन होला भन्ने नसोचेका मेलम्ची आयोजनाका कर्मचारी, ठेक्केदार कम्पनीका श्रमिक र स्थानीयले सोचेका पनि थिएनन् । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि पछि सुरक्षाकर्मीको सवारी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल पुग्नु भएको थियो ।
स्थलगत निरिक्षणमा जानु भएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुननिर्माणको कार्य सन्तोषजनक ढंगले गरिरहेको बताउनु भयो । उहाँले मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौंको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य निकै कठिन र चुनौतिपूर्ण भए पनि सो कार्य सफलतापूर्वक सम्पन्न भए काम गर्ने सबै जनशक्तिलाई पुरस्कृत गर्ने समेत बताए । उनले जिम्मेवारी पुरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिए ।
सो अवसरमा मन्त्री चौधरीले अम्वाथानमा रहेको अस्थायी संरचनाबाट पानी पथान्तरण गर्ने एक नम्वर सुरुङको, बैकल्पिक डाईभर्सन, सुरुङ गेट, ९ नम्वर गेट क्षेत्रमा थुप्रिएको माटो, ढुंगा र गेगर हटाउने कार्यको स्थलगत निरिक्षण गरी जानकारी लिनु भएको थियो ।
ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुंगाको थुप्रो हटाउने, र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौमा अस्थायी रुपमा पानी पथान्तरण गर्ने १ नम्वर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन ।
ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठूला ठूला ढुंगा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फेड्न नसक्दा समस्या भएको गुनासो गरेको थियो । ठेकेदारको समस्या समाधानका लागि मेलम्ची खानेपानी बिकास समितिले बासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुंगा विष्फोट गरि फोड्ने तयारी भएको बताए ।
कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौता अनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजना अनुसार परिणाम देखिने गरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिए ।
मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले गत असारमा १ मा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको पुनःनिर्माण गर्न ठेक्का अवधी कायम रहेको चिनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रोलाई ३६ करोड ४५ लाख ३३ हजार १ सय ८३ रुपैयाँमा सम्झौता थप गरेको थियो । मेलम्ची खानेपानी आयोजनाले बाँधस्थलमा १९ जना इन्जिनियरहरुलाई खटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: