काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै उच्च रहेको बताएका छन्। उनले रुसीले युक्रेनमा हमला गरे निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताएका छन्।
टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन्। बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए।

बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए। रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएको बताए।
तर, हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो। रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, रुसी फौज फर्कनुे राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।
बरु हाम्रो समीक्षाले उनीहरू अहिले जोखिम सिर्जना गर्नसक्ने अवस्थामा रहेको संकेत गर्छ वाइडेनले भने।
मस्कोको धारणा
पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो।पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्।

तर, त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ। पूर्वी सोभियत गणराज्य युक्रेनसँग रुसको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ।
युक्रेनी अधिकारीहरूले आफ्ना रक्षा मन्त्रालय र दुईवटा ब्याङ्कका वेबसाइटहरू साइबर हमलामा परेको जनाएका छन्।
युक्रेनको साइबर सुरक्षा केन्द्रले त्यो कसले गराएको भन्ने आफूलाई थाहा नभएको तर रुसले नगरेको होला भन्न समेत नसकिने जनाएको छ।
कयौँ घण्टासम्म रक्षा मन्त्रालयको वेबसाइटको मुख्यपृष्ठमा त्यसमा सुधारको काम भइरहेको जनाइएको थियो। तर, अहिले त्यसले काम गर्न थालेको छ। दुई ब्याङ्कले भुक्तानी र एप प्रणालीमा समस्या झेलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: