काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै उच्च रहेको बताएका छन्। उनले रुसीले युक्रेनमा हमला गरे निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताएका छन्।
टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन्। बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए।

बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए। रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू आफ्ना शत्रु नभएको बताए।
तर, हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो। रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, रुसी फौज फर्कनुे राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।
बरु हाम्रो समीक्षाले उनीहरू अहिले जोखिम सिर्जना गर्नसक्ने अवस्थामा रहेको संकेत गर्छ वाइडेनले भने।
मस्कोको धारणा
पुटिनले मस्कोका सुरक्षा चासो सम्बोधन हुनुपर्ने र त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्ने भनेको केही घण्टापछि बाइडनको सम्बोधन आएको हो।पुटिनले हमलाको योजना बनाइरहेको भन्ने कुरालाई सधै अस्वीकार गरेका छन्।

तर, त्यस क्षेत्रमा नोभेम्बर महिनायता तनाव बढिरहेको छ। पूर्वी सोभियत गणराज्य युक्रेनसँग रुसको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध छ।
युक्रेनी अधिकारीहरूले आफ्ना रक्षा मन्त्रालय र दुईवटा ब्याङ्कका वेबसाइटहरू साइबर हमलामा परेको जनाएका छन्।
युक्रेनको साइबर सुरक्षा केन्द्रले त्यो कसले गराएको भन्ने आफूलाई थाहा नभएको तर रुसले नगरेको होला भन्न समेत नसकिने जनाएको छ।
कयौँ घण्टासम्म रक्षा मन्त्रालयको वेबसाइटको मुख्यपृष्ठमा त्यसमा सुधारको काम भइरहेको जनाइएको थियो। तर, अहिले त्यसले काम गर्न थालेको छ। दुई ब्याङ्कले भुक्तानी र एप प्रणालीमा समस्या झेलेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: