काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायत विषयमा छलफल हुने जनाइएको छ ।
जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाएका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन छन् ।
दुई नेताबीच पार्टीको आन्तरिक समीकरणबारे पनि मतभिन्नता रहेको बताइन्छ । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनपछि उनीहरूबीच विवाद बढेको हो । जसपाको कार्यकारीणी समितिमा ३५ सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - ०९:३०
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटा छान्न ब...
मंसिर १८ गते, २०८१ - ०९:२३
काठमाडौं । सोमवार बेइजिङ पुगेका गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा बन्ने सम्झौता भई हालसम्म निर्माण हुन नसकेका पूर्वाधारबारे कुराकान...
मंसिर १८ गते, २०८१ - ०९:१८
वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्य...
मंसिर १८ गते, २०८१ - ०९:१२
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आ...
मंसिर १८ गते, २०८१ - ०८:५१
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। साहरा चितवन सहकारी ...
मंसिर १८ गते, २०८१ - ०८:२९
सिरहा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् । सिरहाको गोलबजा...
मंसिर १८ गते, २०८१ - ०८:१८
काभ्रे । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । ...
मंसिर १८ गते, २०८१ - ०७:४६
शहीद लखन गाउँपालिका ११ ले दिएको सिफारिस पत्रमा पनि अनुसन्धान
मंसिर १८ गते, २०८१ - ०७:४१
महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानी...
मंसिर १८ गते, २०८१ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वा...
प्रतिकृया लेख्नुहोस्: