Khabar Dabali ७ कार्तिक २०८२ बिहीबार | 23rd October, 2025 Thu
Investment bank

जथाभावी पार्किङ गर्नेविरुद्ध कारबाही अभियान सुरु

खबरडबली संवाददाता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ । 

ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ ।

महाशाखाले अभियानको पहिलो दिन आज ललितपुरबाट ३७ सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ । यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ । 

करिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीले देश छोडेर भागे भनेको भोलिपल्टै निवर्तमान ऊर्जामन्त्री खड्का घरमै सार्वजनिक (भिडिओ)

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री दीपक खड्का देश छोडेर भागेको दाबी गरेलगत्तै नेपालमै सार्वजनिक भएका छन्। जेनजी आन्दोलन...

फूल आयातमा कडाइ हुँदा किसानहरू दंग, नेपाली मालाको माग कुवेत र अमेरिकामा पनि

काठमाडौं । ललितपुरको गोदावरीका कृषक दशराम सुनारले सयपत्रीका १०,००० थान मालाको 'अर्डर' लिइसके। विभिन्न किसिमका फूल उत्पादन गर्ने उनले तिहारमा उ...

बक्यौता तिर्न अटेर गर्ने २५ उद्योगको लाइन काट्ने तयारी

काठमाडौं । विद्युत् प्राधिकरणले अल्टिमेटम दिँदा पनि साढे पाँच अर्ब बक्यौता तिर्न अटेरी गर्ने २५ उद्योगको लाइन काट्ने तयारी गरेको छ । यस्ता उद्योग ३१ व...

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण...

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ। इजरायली सेनाका अनुसार, विपिन जोशीको निधन बन्धक...

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ...

प्रधानमन्त्रीको सन्देश- जेनजी आन्दोलनमा भएका दमनको निष्पक्ष छानबिन गर्दैछौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्...

तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रे । जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको आजको निर्णयअनुसार जिल्ला...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १६ रिट दर्ता, १२ गते सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच रिट निवेदन दर्ता भएका छन् । यसअघि ११ रिट निवेदन दर्ता भएका थिए । यही कात्तिक १२ गते सुनु...

चुनावको वातावरण बनाउन सरकार केन्द्रित, प्रधानमन्त्रीले सात दललाई छलफलमा बोेलाइन्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending