काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्।
प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्।
तर, सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेको समाचार आजको नागरिक दैनिकमा छ ।
‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मत दिनु उपयुक्त होइन। एमसिसीमा मतदान हुने अवस्था आए सरकारबाट बाहिरिने निष्कर्ष निकालेका हौं’, माओवादी केन्द्रका एक उच्च नेताले भने। माओवादी केन्द्रले एमसिसी सदनमा निर्णयार्थ पेस भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ
सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने तयारी यी दुई दलको रहेको माओवादीका ती नेताले बताए। तर नेकपा एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले यस्तो निर्णय नभइसकेको बताए। ‘पार्टीले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
तत्काल सरकारबाट बाहिरिने विषयमा केही निर्णय भएको छैन। एमसिसी पास गर्ने विषयमा धेरै प्रक्रिया बाँकी छन्। मतदान गर्नु केही मिनेटअघि मात्रै सरकारबाट बाहिरिने निर्णय हुनसक्छ,’ खतिवडाले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: