Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

खबरडबली संवाददाता

भजनी । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए/गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ ।

नागरिकलाई स्थानीय तहले गर्ने काम–कारबाहीबारेमा जानकारी गराउनु पर्छ । स्थानीय तहले गरेका नीति–निर्णय सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि नागरिकले पाउनुपर्ने सूचनाबाट बञ्चित हुँदै आएका छन् । 

स्थानीय तहले कार्यपालिकामा गरेका नीति–निर्णयलाई नागरिकसामु पुर्याउनका लागि प्रवक्ता तोक्न पाउने व्यवस्था छ । प्रवक्ताको काम स्थानीय सरकारले गरेका काम– कारबाहीको आम स्थानीयवासीलाई जानकारी गराउने भए पनि कार्यकालको अन्तिमसम्म आइपुग्दा कुनै स्थानीय तहले प्रवक्ताको भूमिका प्रष्ट पार्न सकेका छैनन् ।

टीकापुर नगरपालिकाले वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लालाई नगरपालिकाको प्रवक्ता तोकेको छ । नगर कार्यपालिका कार्यसम्पादन निमावली २०७४ को दफा १७ मा प्रवक्ता तथा सूचना अधिकारी तोक्ने कुरा उल्लेख छ ।

यसैअनुसार उनलाई नगरपालिकाले प्रवक्ता तोकेको हो । उनले नगरपालिकाको नेतृत्वले प्रक्रिया पूरा गर्नका लागि मात्रै आफूलाई प्रवक्ता चयन गरेको बताए । उनले नगरपालिकाभित्र प्रवक्ताले खेल्नुपर्ने भूमिकामा जनप्रतिनिधिको नेतृत्व र नगरपालिका कर्मचारीको नेतृत्वले नै चासो नदिएका कारण प्रवक्ताको भूमिकाअनुसार काम गर्न नसकिएको गुनासो गरे ।

'मैले पटक–पटक नगरपालिकामा एक कार्यकक्ष स्थापना गरेर कार्यपालिकाको बैठकले गरेका निर्णय सार्वजनिकका लागि निकै पहल गरे पनि सफल हुन सकेन । त्यसमा जनप्रतिनिधि र कर्मचारीले साथ नदिएकै कारण कामको नभई नामको प्रवक्ता मात्रै भएँ', उनले भने, 'नगरपालिकाको सामाजिक विकास समिति संयोजकसमेतको जिम्मेवारी दिएको भए पनि काम भने गर्ने वातावरण भएन, त्यस्तै प्रवक्ताको पनि भयो ।'

भजनी नगरपालिकाले पाँचवर्षे कार्यकालको अन्तिममा आइसक्दा पनि नगरपालिकाले प्रवक्ता नै तोकेको छैन । नगरपालिकाले अहिलेसम्म कुनै पनि कार्यपालिकाको निर्णय सार्वजनिकसमेत नगरेको पाइएको छ ।

नगरपालिकाका नगरउपप्रमुख छायाँ देवकोटाले नगरपालिकाले प्रवक्ता नतोकेको र कार्यपालिकाको निर्णय पनि त्यसरी सार्वजनिक नभएको बताइन्। 'हामीले प्रवक्ता चयन गरेका छैनौँ, त्यस्तो कार्यपालिकाका निर्णय सार्वजनिक गर्ने गरेकोजस्तो पनि मलाई त लाग्दैन', उनले भनिन्, 'प्रवक्ता चयन गर्नुपर्ने हो, तर के कारणले हुन सकेन त्यो मलाई थाहा भएन ।'

जानकी गाउँपालिकाले पनि प्रवक्ता तोक्न सकेन । गाउँकार्यपालिकाको बैठकले गरेका निर्णय गाउँपालिका कार्यालय प्रशासनले सार्वजनिक गर्ने गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आवश्यकता महसुस नभएकै कारण प्रवक्ता नतोकिएको बताए । 

'हामीलाई प्रवक्ता आवश्यकता महसुस नभएकै कारण प्रवक्ता नतोकेका हौँ, प्रवक्ताले गर्ने काम कार्यालयको प्रशासन शाखाले गर्दै आएको छ', उनले भने, 'कानुनीरूपमा तोक्नुपर्ने छ । तर काम भइरहेको अवस्थामा पदमात्रै दिएर भएन, त्यसको कार्यान्वयन पनि गर्न सक्नुप¥यो । त्यो अवस्था नदेखिएकाले पनि हामीले प्रवक्ता नतोकेका हौँ ।'

अधिकांश स्थानीय तहले प्रवक्ता नै तोकेका छैनन् भने तोकिएको स्थानीय तहमा पनि प्रवक्ताको भूमिका शून्य देखिएको छ । जुन उद्देश्यले प्रवक्ता तोकिएको हो, त्यसअनुसारको काम प्रवक्ताले गर्न पाएका छैनन् भने कतिपय स्थानीय तहमा त्यसको आवश्यकता नै महसुस जनप्रतिनिधिले गर्न सकेका छैनन् ।

स्थानीय सरकार आफैमा मजबुत सरकार भएको र पालिकामा भएका गतिविधिलाई नागरिकसामु लैजानका लागि आधिकारिक व्यक्तिलाई जिम्मेवारी दिन आवश्यक हुने स्थानीय तहको न्यायिक समितिका कानुन अधिकृतहरू बताउँछन् । 

टीकापुर नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले स्थानीय सरकारले पनि आफ्ना गतिविधिलाई जानकारी दिनका लागि एक जनालाई जिम्मेवारी दिइनु राम्रो हुने बताए ।

कानुन अधिकृत थापाले कार्यपालिकाका सबै सदस्यलाई सोध्न नसकिने र प्रमुखले सबै कुरा जानकारी गराउन सक्ने अवस्था नरहन सक्ने भन्दै एक जनालाई पालिकामा भए/गरेका कामकारबाहीको जानकारीका लागि जिम्मा दिँदा यसले नागरिकलाई सूचना प्रवाह गर्न सजिलो हुने बताए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending