काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा ओर्लेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । कूल २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर रु तीन अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० मा कारोबार भयो । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ६७ करोड ८४ लाख २० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जलविद्युत् ३४.०३ र अन्य १५.१ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ११.३३, व्यापार ७.३४, होटल तथा पर्यटन २.५८, विकास बैंक २४.९६, वित्त १०.३९, निर्जीवन बीमा ३२.९५, उत्पादन ७१.१६, लघुवित्त ३१.०६, जीवन बीमा ११६.०२, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.१६ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ४४ लाख २४ हजार १४१ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी रु १९ करोड ६ लाख २६ हजार १९७, नेशनल हाइड्रोपावर रु १४ करोड ४३ लाख ८१ हजार ७८५, नेपाल लाइफ इन्स्योरेन्स रु १३ करोड चार लाख चार हजार ७७९ र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु १० करोड १९ लाख २८ हजार ४७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेशनल हाइड्रोपावर ४.५३, सपोर्ट माइक्रोफाइनान्स ३.९६, युनिभर्सल पावर कम्पनी ३.०२, छ्याङदी हाइड्रापावर २.९७ र युनियन हाइड्रोपावर लगानीकर्ताले २.७० प्रतिशतले कमाए । हिमालयन जनरल इन्स्योरेन्स ४.५८, तेह्रथुम पावर कम्पनी ४.०२, सामलिङ पावर कम्पनी ३.।६५, नारायणी डेभलपमेन्ट बैंक ३.१४ र शिवम सिमेन्टका लगानीकर्ताले ३.०५ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: