Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रुसद्वारा परमाणु हतियारको चेतावनी, अमेरिका भन्छ : 'अस्वीकार्य'

रुसी फौजद्वारा लगभग सबै दिशाबाट हमला : युक्रेनी सेना

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ।

लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतवार 'कठिन समय' भएको फेजबुक पेजमा लेखेका छन्।

उनका अनुसार रुसी फौजले 'लगभग सबै दिशाबाट हमला जारी राखेको' छ।

रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्।

बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ।यद्यपि यसको पुष्टि हुन सकेको छैन।

युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ।

ईयूका सदस्य राष्ट्रहरूले युक्रेनी शरणार्थीहरूलाई लिने क्रममा नियमित नियमहरूलाई पन्छाउने भएका छन्। युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्।

रुसले बिहीवार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ। त्यो सङ्ख्या बिस्तारै दशौँ लाख पुग्नसक्ने ईयूको अनुमान रहेको छ।

परमाणु हतियारको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई आफ्नो पारमाणविक बललाई ‘विशेष सतर्क अवस्थामा’ रहन निर्देशन दिएका छन्।

यो अवस्था रुसको रणनीतिक क्षेप्यास्त्र बलको सबैभन्दा माथिल्लो स्तरको सतर्क अवस्था हो।

रक्षामन्त्री सेर्गेई शोईगुसहित सैन्य प्रमुखहरूसँग बोल्दै पुटिनले पश्चिमा राष्ट्रहरूले रुससँग 'मित्रवत् व्यवहार नगरेको' र 'अवैधानिक प्रतिबन्धहरू लगाएको' बताए।

बीबीसीका सुरक्षा सम्वाददाता गोर्डन कोरेराले यसलाई आफ्नो बाटोमा पश्चिमा देशहरू उभिएमा परमाणु हतियारको चेतावनीको रूपमा व्याख्या गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लीन्डा थोमस ग्रीनफील्डले सीबीएस न्यूजलाई रुसको कदम अस्वीकार्य रहेको बताएकी छन्।

अमेरिकी निन्दा

यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ।

रुसी राष्ट्रपतिले गरेको घोषणा 'अनावश्यक' भएको भन्दै अमेरिकी अधिकारीहरूले त्यो "उक्सासहटपूर्ण कदमले खतरनाक गल्तीहरू निम्त्याउन सक्ने" बताएका छन्।

रुसी कदमपछि आणविक अस्त्रसम्बन्धी आफ्नो नीतिमा परिवर्तन आएको बारेमा बोल्न भने अमेरिकाले अस्वीकार गरेको छ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठनका उच्च अधिकारीहरूको रुसविरोधी आक्रामक वक्तव्यपछि पछिल्लो कदम चाल्न आफू बाध्य भएको पुटिनले दाबी गरेका छन्।

४,३०० रुसी मारिएको युक्रेनको दाबी

युक्रेनको सहायक रक्षामन्त्रीले अहिलेसम्म युक्रेनी सेनाले रुसी सेनालाई पुर्‍याएको क्षति दाबी गर्दै एउटा आँकडा सार्वजनिक गरेकी छन्।

किएभकी हाना माल्एरले फेसबुक पोस्टमा यो पहिलो तीन दिनको अनुमानित तथ्याङ्क भएको र फेरबदल हुनसक्ने बताएकी छन्। बीबीसीले यो आँकडा पुष्टि गरेको छैन र रुसले अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

माल्एरले गरेको दाबीमा रुसको निम्न क्षति भएको छ:

४,३०० मृत्यु
२७ विमान
२६ हेलिकप्टर
१४६ ट्याङ्क
७०६ सशस्त्र सवारीसाधन
४९ तोप
१ हवाई रक्षा प्रणाली
४ रकेट प्रहार प्रणाली
३० सवारीसाधन
६० ट्याङ्कर
२ ड्रोन
२ डुङ्गा

बेलारुसको सीमामा रुससँग वार्ता : युक्रेन

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्तापछि विज्ञप्ति निकाल्दै वार्ता गर्न लागेको बताएका छन्।

'हामी युक्रेन-बेलारुस सीमामा रुसी प्रतिनिधिमण्डलसँग बिनासर्त युक्रेनी प्रतिनिधिमण्डलले भेट्ने कुरामा सहमत भयौँ' विज्ञप्तिमा भनिएको छ, 'अलेक्जेन्डर लुकासेन्कोले बेलारुसमा भएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्र युक्रेनी टोलीको यात्रा, वार्ता र फर्कँदासम्म प्रयोग नहुने जिम्मेवारी लिएका छन्।'

रुस र बेलारुसले यसबारे कुनै विज्ञप्ति निकालेका छैनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending