Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यस्तो छ कर्णाली सरकारको चार महिने कार्य प्रगति

सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना

रासस

सुर्खेत । कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ मा नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्। 

उनले चार महिनाको अवधिमा प्रदेशभर ६.७ किलोमिटर सडक कालोपत्र भएको बताए। १९४.५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको बताउँदै मुख्यमन्त्री शाहीले २३.३ किलोमिटर सडकको स्तरोन्नति, दुईवटा सडक पुल र एक झोलुङ्गे पुलको निर्माण गरिएको जनाए। 

उनले भने, जनता आवास कार्यक्रमअन्तर्गत ७७८ घर निर्माण भएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सशर्त अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ५५ योजना कार्यान्वयन चरणमा छन् ।” 

पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत भने १० जिल्लामा ५५३ वटा कार्यक्रम कार्यान्वयनमा रहेको उनका भनाइ थियो ।

‘एक स्थानीय तह, एक विद्यालय’ भौतिक संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए। यो अवधिका प्रदेश सरकारले चालु आव २०७८÷७९ को राजस्व सङ्कलन लक्ष्यबमोजिम रु ३२ करोड १३ लाख ९५३।५५५० राजस्व सङ्कलन गरेको जनाइएको छ । मुख्यमन्त्री शाहीका अनुसार वित्तीय प्रगतिमा चालुखर्च १८.७०, पूँजीगत ९.२४ र कूल प्रगति १३ प्रतिशत भएको छ ।

सुशासन र सेवा प्रवाहको अवस्था 

प्रदेश सरकारले गत माघ १८ गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगको सहमतिका आधारमा रु १५ लाखभन्दा कम रकमका टुक्रे योजनाको कार्यान्वयनमा रोक लगाएको छ । जिल्लास्थित कार्यालयमा निकासा भइसकेको रु १५ लाख तलका योजनाबाट रु ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता ल्याएको छ । सरकारले सम्भाव्य योजनाहरूको अध्ययन गरिरहेको छ ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गर्न हरेक हप्ताको बुधबार बेलुका ४ः०० बजे मन्त्रिपरिषद् बैठक बस्ने नियमिततालाई कार्यतालिका निर्माण गरिएको बताए। 

उनले भने, “बैठक बस्नु २४ घण्टाअघि प्रस्ताव पेश गर्नुपर्ने प्रणालीको विकास भएको छ । यस अवधिमा १३ बैठकबाट ३९ निर्णय भएका छन् । अधिकांश निर्णय कार्यान्वयन भइसकेका छन् भने केही कार्यान्वयनकै चरणमा छन् ।”

उहाँका अनुसार वित्तीय सुशासन काय गर्न प्रदेश वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी प्रदेश मन्त्रालय र मातहत कार्यालयहरू वित्तीय सुशासन मूल्याङ्कन गर्ने कार्यको थालनी गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । भर्खरै कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याई प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बेरुजु व्यवस्थापनको कार्य थालनी गरिएको छ ।

भूमि कृषि (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि तथा मापदण्ड, कर्णाली प्रदेश सरकारको मूल्यावान ‘कर्णालीका किसानको सम्पदा’ नामक लोगो प्रयोगसम्बन्धी मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

त्यसैगरी प्रदेश सरकारले हिमाली भेगका पाँच जिल्लाका न्यूनतम ५० भन्दा बढी भेडापालन गर्ने कृषकलाई औषधोपचार सहयोगका लागि भेडापालक कृषकको लगत सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । हालसम्म ७४ हजार ७२४ परिवार किसान सूचीकरण प्रणालीमा आवद्ध गरिएको छ ।

कृषि तथा पशुपालन व्यवसायमा ब्याज अनुदान कार्यक्रममार्फत हालसम्म ८२० कृषकलाई (बैंकमार्फत २०९ र सहकारीमार्फत ६११ जना) लाई रु ५८ करोड ४४ लाख लगानी भएको र ब्याज अनुदानवापत रु एक करोड ५१ लाख भुक्तानी गरिएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिकाको दशरथपुरमा रु १५ करोडको लागतमा शीतघर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

मुगुको छायानाथ–रारा नगरपालिकाको गमगढीमा भएको आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत वितरण गरिएको जनाउँदै मुख्यमन्त्री शाहीले बताए। 

उनका अनुसार गमगढीमा भएको क्षतिको विवरण बमोजिम जिल्ला प्रशासन कार्यालय मुगुमार्फत रु ६१ लाख २५ हजार रकम वितरण गरिएको छ । त्यस्तै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको लिमी क्षेत्र जनताका लागि २०० क्विन्टल खाद्यान्नमा ढुवानी अनुदान दिएर खाद्यान्न ढुवानीको काम भइरहेको जनाइएको छ ।

कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा ‘प्रदेश रङ्गशाला’ निर्माणकार्यले गति लिएको जनाउँदै मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माणको कार्यप्रगति १५ प्रतिशत पुगेको बताए।  प्रदेश सरकारको लगानीमा सञ्चालन भएका र सङ्घीय सरकारबाट हस्तान्तरित रुग्ण अवस्थामा रहेका पूर्वाधारका विभिन्न योजनाको लगत सङ्कलन गरी समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कोभिड–१९ सङ्क्रमणका कारण यो अवधिमा शून्य मृत्यु रहेको बताए। कोभिड–१९ प्रतिकार्यका लागि खोपको प्रभावकारिता बढ्दै गएको जनाउँदै उनले भने “हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसङ्ख्याको पहिलो र दोसो मात्रा ६१ प्रतिशत र प्रदेशको कुल जनसङ्ख्याको ५१ प्रतिशतले पहिलो र ४८ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् ।” 

१२ देखि १७ वर्षसम्मका सबै लक्षित समूहले कोभिडविरुद्धको खोप लगाइसकेको र ३२ हजारभन्दा धेरैले बुस्टर डोज लगाएको उनले बताए। 

कर्णालीको भौगोलिक विकटता, पहुँचविहीन र सीमान्तकृत नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बन्द रहेका प्रदेशभरका आधारभूत सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरिएको मुख्यमन्त्री शाहीले बताए। 

स्वास्थ्य कार्यालय दैलेख, कालीकोट सल्यान, रुकुमपश्चिम, मुगु र जुम्ला (चन्दननाथ) नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरेर शववाहन खरिदका लागि बजेट पठाइएको प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारले रोजगारीको अवस्था सिर्जना गर्न र पूर्वाधार विकास कार्यक्रमका लागि यहाँका ७९ स्थानीय तहका ७१८ वडाका लागि एक हजार ५५ योजना कार्यान्वयन लगेको छ । यसका लागि रु एक अर्ब ५० करोड बजेट सम्बन्धित स्थानीय तहमा पठाइएको प्रदेश सरकारले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

नेपालकाे जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

‘प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट गर्दा स्थिरता हुनसक्छ’

सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ

रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...

विगतमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...

सरकारको साझा संकल्प- चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानबिन हुन्छ (पूर्णपाठ)

काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy