Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

यस्तो छ कर्णाली सरकारको चार महिने कार्य प्रगति

सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना

रासस

सुर्खेत । कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ मा नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्। 

उनले चार महिनाको अवधिमा प्रदेशभर ६.७ किलोमिटर सडक कालोपत्र भएको बताए। १९४.५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको बताउँदै मुख्यमन्त्री शाहीले २३.३ किलोमिटर सडकको स्तरोन्नति, दुईवटा सडक पुल र एक झोलुङ्गे पुलको निर्माण गरिएको जनाए। 

उनले भने, जनता आवास कार्यक्रमअन्तर्गत ७७८ घर निर्माण भएका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सशर्त अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ५५ योजना कार्यान्वयन चरणमा छन् ।” 

पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत भने १० जिल्लामा ५५३ वटा कार्यक्रम कार्यान्वयनमा रहेको उनका भनाइ थियो ।

‘एक स्थानीय तह, एक विद्यालय’ भौतिक संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए। यो अवधिका प्रदेश सरकारले चालु आव २०७८÷७९ को राजस्व सङ्कलन लक्ष्यबमोजिम रु ३२ करोड १३ लाख ९५३।५५५० राजस्व सङ्कलन गरेको जनाइएको छ । मुख्यमन्त्री शाहीका अनुसार वित्तीय प्रगतिमा चालुखर्च १८.७०, पूँजीगत ९.२४ र कूल प्रगति १३ प्रतिशत भएको छ ।

सुशासन र सेवा प्रवाहको अवस्था 

प्रदेश सरकारले गत माघ १८ गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगको सहमतिका आधारमा रु १५ लाखभन्दा कम रकमका टुक्रे योजनाको कार्यान्वयनमा रोक लगाएको छ । जिल्लास्थित कार्यालयमा निकासा भइसकेको रु १५ लाख तलका योजनाबाट रु ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता ल्याएको छ । सरकारले सम्भाव्य योजनाहरूको अध्ययन गरिरहेको छ ।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गर्न हरेक हप्ताको बुधबार बेलुका ४ः०० बजे मन्त्रिपरिषद् बैठक बस्ने नियमिततालाई कार्यतालिका निर्माण गरिएको बताए। 

उनले भने, “बैठक बस्नु २४ घण्टाअघि प्रस्ताव पेश गर्नुपर्ने प्रणालीको विकास भएको छ । यस अवधिमा १३ बैठकबाट ३९ निर्णय भएका छन् । अधिकांश निर्णय कार्यान्वयन भइसकेका छन् भने केही कार्यान्वयनकै चरणमा छन् ।”

उहाँका अनुसार वित्तीय सुशासन काय गर्न प्रदेश वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी प्रदेश मन्त्रालय र मातहत कार्यालयहरू वित्तीय सुशासन मूल्याङ्कन गर्ने कार्यको थालनी गर्नुका साथै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । भर्खरै कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याई प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बेरुजु व्यवस्थापनको कार्य थालनी गरिएको छ ।

भूमि कृषि (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि तथा मापदण्ड, कर्णाली प्रदेश सरकारको मूल्यावान ‘कर्णालीका किसानको सम्पदा’ नामक लोगो प्रयोगसम्बन्धी मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताइएको छ ।

त्यसैगरी प्रदेश सरकारले हिमाली भेगका पाँच जिल्लाका न्यूनतम ५० भन्दा बढी भेडापालन गर्ने कृषकलाई औषधोपचार सहयोगका लागि भेडापालक कृषकको लगत सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । हालसम्म ७४ हजार ७२४ परिवार किसान सूचीकरण प्रणालीमा आवद्ध गरिएको छ ।

कृषि तथा पशुपालन व्यवसायमा ब्याज अनुदान कार्यक्रममार्फत हालसम्म ८२० कृषकलाई (बैंकमार्फत २०९ र सहकारीमार्फत ६११ जना) लाई रु ५८ करोड ४४ लाख लगानी भएको र ब्याज अनुदानवापत रु एक करोड ५१ लाख भुक्तानी गरिएको छ । सुर्खेत भेरीगङ्गा नगरपालिकाको दशरथपुरमा रु १५ करोडको लागतमा शीतघर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

मुगुको छायानाथ–रारा नगरपालिकाको गमगढीमा भएको आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत वितरण गरिएको जनाउँदै मुख्यमन्त्री शाहीले बताए। 

उनका अनुसार गमगढीमा भएको क्षतिको विवरण बमोजिम जिल्ला प्रशासन कार्यालय मुगुमार्फत रु ६१ लाख २५ हजार रकम वितरण गरिएको छ । त्यस्तै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको लिमी क्षेत्र जनताका लागि २०० क्विन्टल खाद्यान्नमा ढुवानी अनुदान दिएर खाद्यान्न ढुवानीको काम भइरहेको जनाइएको छ ।

कर्णाली प्रदेशको गौरवको आयोजनाका रूपमा ‘प्रदेश रङ्गशाला’ निर्माणकार्यले गति लिएको जनाउँदै मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माणको कार्यप्रगति १५ प्रतिशत पुगेको बताए।  प्रदेश सरकारको लगानीमा सञ्चालन भएका र सङ्घीय सरकारबाट हस्तान्तरित रुग्ण अवस्थामा रहेका पूर्वाधारका विभिन्न योजनाको लगत सङ्कलन गरी समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कोभिड–१९ सङ्क्रमणका कारण यो अवधिमा शून्य मृत्यु रहेको बताए। कोभिड–१९ प्रतिकार्यका लागि खोपको प्रभावकारिता बढ्दै गएको जनाउँदै उनले भने “हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसङ्ख्याको पहिलो र दोसो मात्रा ६१ प्रतिशत र प्रदेशको कुल जनसङ्ख्याको ५१ प्रतिशतले पहिलो र ४८ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् ।” 

१२ देखि १७ वर्षसम्मका सबै लक्षित समूहले कोभिडविरुद्धको खोप लगाइसकेको र ३२ हजारभन्दा धेरैले बुस्टर डोज लगाएको उनले बताए। 

कर्णालीको भौगोलिक विकटता, पहुँचविहीन र सीमान्तकृत नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बन्द रहेका प्रदेशभरका आधारभूत सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरिएको मुख्यमन्त्री शाहीले बताए। 

स्वास्थ्य कार्यालय दैलेख, कालीकोट सल्यान, रुकुमपश्चिम, मुगु र जुम्ला (चन्दननाथ) नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरेर शववाहन खरिदका लागि बजेट पठाइएको प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकारले रोजगारीको अवस्था सिर्जना गर्न र पूर्वाधार विकास कार्यक्रमका लागि यहाँका ७९ स्थानीय तहका ७१८ वडाका लागि एक हजार ५५ योजना कार्यान्वयन लगेको छ । यसका लागि रु एक अर्ब ५० करोड बजेट सम्बन्धित स्थानीय तहमा पठाइएको प्रदेश सरकारले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE