Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

धनुषामा बालविवाहका घट्ना बढ्दै

रासस

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायोे ।

बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले विवाह रोकाएपछि सबै आ–आफ्नो घरतर्फ लागे । 

ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताउँछन्। 

यस्तै उमेर नै नपुगेको भन्दै प्रहरीले गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–१४ की १७ वर्षीया रिन्कु दासको पनि विवाह रोकाएको थियो । “उमेर नपुग्दै विवाह गर्न लागिएको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूहलगायतको  विवाह रोक्न लगायौँ”, बस्नेतले भने । 

त्यही दिन तामझामका साथ विवाहको तयारी भइरहेको विदेह नगरपालिका–६ मा १४ वर्षीया चाँदनी मण्डलको पनि प्रहरी विवाह रोक्न लगाएको थियो । 

प्रहरीले डेढ महिनामा नौवटा बालविवाह रोक्न लगाएको छ । बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ । अभिभावकमा बालविवाह कानुनी अपराध हो, बालविवाह गराए कानुनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने ज्ञानको समेत अभाव भएको बस्नेतले बताए। 

“दाइजोको लोभ, राम्रो केटा र घर पाएको भन्दै बालविवाह गराउनेको सङ्ख्या बढ्दै गएको छ”, उनले भने। 

दलित अगुवा सिजेन्द्र सदा उमेर पुगेपछि छोरीलाई चाहेजस्तो केटा नभेटिने तथा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति बढ्दै गएको बताए। “हामीले पछिल्लो गाउँ गाउँमा सचेतना अभियान चलाउँदै आएका छौँ”, उनले भने। 

प्रहरी उपरीक्षक वसन्त रजौरे सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँगाउँमा बालविवाहबारे अन्तक्र्रिया गर्दै आएको बताए। “विगतको भन्दा बालविवाहका घट्नामा कमी आएको पाइएको छ”, उनले भने। 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को दफा १७३ को १, २ र ३ मा बालविवाह गर्नु गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending