Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

युक्रेनी रणनीतिक शहर रुसी कब्जामा, दश लाख मानिसले युक्रेन छोडे

दोस्रो चरणको शान्तिवार्ताको लागि रुस तयार

खबरडबली संवाददाता

काठमाडौं । युक्रेनको बन्दरगाह शहर खेअरसनका मेयरले उक्त दक्षिणी शहर रुसी फौजको नियन्त्रणमा गएको बताएका छन्।

अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण शहर हो।

मेयर इगोर कोलीखाएभले उक्त शहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।

उनले भनेका छन्, "मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ।"

मस्कोका फौजले स्थानीय समयानुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन्।

रुसी फौजको निर्देशन

उनले बताएअनुसार सडकमा कारहरू धीमा गतिमा गुडाउन भनिएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न पैदलयात्रीहरूलाई निर्देशन दिइएको छ।

"अहिलेसम्म भएका कुरा यही हुन्। युक्रेनी झन्डा हाम्रो माथि छ र यथास्थितिमा रहन दिन हाम्रो आवश्यकताहरू पूरा हुनुपर्छ, मैले दिनसक्ने अहिले अरू केही छैन," मेयर कोलीखाएभले भने।

खेअरसनका मेयरको यो भनाइलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

यसअघि मात्रै अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले खेअरसन "निकै चुनौती दिइएको शहर" भएको बताएका थिए।

दक्षिणी बन्दरगाह शहर मारिऊपोलको कुरा गर्नु पर्दा घण्टौँ लामो गोलाबारीमा परी सयौँ मानिस मारिएको हुनसक्ने त्यहाँका डेपुटी मेयरले बताएका छन्।

रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमाथि रुसी अतिक्रमणको पाँचौँ दिनसम्म २२७ जना सर्वसाधारण मारिएका छन्।

सो अवधिसम्म अन्य ५२५ जना घाइते भएको पनि उसले जनाएको छ।

दश लाख मानिसले युक्रेन छोडे : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेको जनाएको छ।

सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

बीबीसीका लुवीस गुडलका अनुसार सन् २०१५मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए।

युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ।

राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्।

शान्तिवार्ताको लागि रुस तयार

रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ।

यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो।

क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन्।

राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन्।

उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending