Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

दबावमा प्रचण्ड : कसरी 'फेस' गर्लान् केन्द्रीय समिति बैठक ?

नारायणकाजी खेमाको त्यो कदमले हच्किएका थिए प्रचण्ड

खबरडबली संवाददाता

पार्टीभित्रको विवाद बढिरहेको बेलामा प्रचण्डलाई पदाधिकारी चयन गर्नुपर्ने अर्र्को चुनौती छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन।

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद बढेको छ। पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको पक्षमा उभिने निर्णय गरेका थिए। 

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। 

एमसिसीको पक्षमा उभिने निर्णयविरुद्ध नेता श्रेष्ठसहित लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरालगायतले असन्तुष्टि जनाएका थिए। तर, संसदीय दलको प्रमुख सचेतक नै भएकाले गुरुङ एमसिसीबारे टिप्पणी गर्न छाडेको भएपनि अन्य नेताहरुले खुलेरै विरोध गरिरहेका छन्। 

पार्टीकै समर्थनमा एमसिसी पास भएलगत्तै नेता श्रेष्ठले त्यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुन आह्वान गरेका थिए। उनले एमसिसी पारित भएको दिनलाई कालो दिनको रुपमा व्याख्या गरेका थिए। 

प्रचण्डले पार्टीको ८ औँ महाधिवेशन विपरीत एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै पूर्वएकता केन्द्रका नेताहरुले ‘विद्रोह’को संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन मंगलबार श्रेष्ठ निवास हात्तीवन नै पुगेका थिए। 

प्रचण्डले आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठलाई संकेत गर्दै खरो टिप्पणी गरेका थिए।

प्रचण्डले भनेका थिए, ‘नारायणकाजी कमरेडले बैठकमा असहमति राख्नुभयो। तपाईंलाई मतभेद राख्ने अधिकार पार्टीमा हुन्छ। तपाईंको विचारलाई सम्मान गरिन्छ। तर, एमसिसीको विरोध गर्दा भएभरका कार्यकर्ता र सबै जनता आफूतिर केन्द्रित हुन्छन् भन्ने नठाने हुन्छ।’ 

तर, मंलबारको भेटमा प्रचण्डले आफ्नो अभिव्यक्तिलाई नकारात्मक ढंगले नलिन भन्दै पार्टीमा मिलेर जान आग्रह गरेका थिए।

एमसिसी विवादले पार्टीभित्र बढ्दो असन्तुष्टिको बेला विभिन्न विकल्पबारे छलफल भइरहेको नेता गिरिराजमणि पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘हामीले आठौँ महाधिवेशनबाट एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेका थियौँ। हाम्रो कोणबाट त्यो भन्दा सर्वोच्च निकाय छैन। महाधिवेशनको निर्णयलाई केन्द्रीय समितीले काट्न पनि मिल्दैन।’

उनले पार्टीको केन्द्रीय समितीको बैठकमा आफ्नो कुरा कडा रुपमा प्रस्तुन गर्ने बताए। बैठक शुक्रबारदेखि शुरु हुदैछ।

महाधिवेशनमा एमसिसी संशोधन नगरि पास नगर्ने सहमति बनेको छ। तर, अध्यक्षले त त्यसअघि नै शेरबहादुरजीसँग मिलेर अमेरिकालाई पत्र पठाइ सक्नुभएको रहेछ’ उनले भने, ‘हाम्रो असन्तुष्टिको विषयमा बैठकमा कुरा राख्छौँ। समस्यालाई कसरी लानुहुन्छ भन्ने नेतृत्वकै हातमा छ।’ 

अध्यक्ष प्रचण्डसँग नेता श्रेष्ठ रिसाएको बेलामा नेपाल कम्युनिस्ट पार्टीका  महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहकार्यको प्रस्ताव गरिसकेको छन्। 

पार्टीभित्रको विवाद बढिरहेको बेलामा प्रचण्डलाई पदाधिकारी चयन गर्नुपर्ने अर्र्को चुनौती छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। 

बैठकबाटै पार्टीको समस्या समाधान गरेर पदाधिकारी पुर्णता दिनुपर्ने बताउँछिन् नेतृ रेखा शर्मा। 

उनी भन्छन्, ‘एमसिसीलाई लिएर महाधिवेशनदेखि अहिलेसम्म एउटा निर्णय थियो। अहिले नेतृत्वले अर्को निर्णय गर्दा पार्टीमा असहमति बढेको प्रष्ट सत्य हो। तर, यो समस्या पार्टीको बैठकबाटै समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ।’

पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष आफैँ लागिपरेको उनले बताइन्।

उनले भनिन्, ‘हिजो पनि उहाँहरुले कुराकानी गर्नुभएको थियो। त्यो संवादलाई निरन्तरता दिएर केन्द्रीय कमिटीको बैठकबाट पार्टीलाई एकताबद्ध बनाएर कार्यविभाजन गरेर निर्वाचनको तयारीमा जुट्नुपर्छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending