Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

दबावमा प्रचण्ड : कसरी 'फेस' गर्लान् केन्द्रीय समिति बैठक ?

नारायणकाजी खेमाको त्यो कदमले हच्किएका थिए प्रचण्ड

खबरडबली संवाददाता

पार्टीभित्रको विवाद बढिरहेको बेलामा प्रचण्डलाई पदाधिकारी चयन गर्नुपर्ने अर्र्को चुनौती छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन।

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद बढेको छ। पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको पक्षमा उभिने निर्णय गरेका थिए। 

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। 

एमसिसीको पक्षमा उभिने निर्णयविरुद्ध नेता श्रेष्ठसहित लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरालगायतले असन्तुष्टि जनाएका थिए। तर, संसदीय दलको प्रमुख सचेतक नै भएकाले गुरुङ एमसिसीबारे टिप्पणी गर्न छाडेको भएपनि अन्य नेताहरुले खुलेरै विरोध गरिरहेका छन्। 

पार्टीकै समर्थनमा एमसिसी पास भएलगत्तै नेता श्रेष्ठले त्यसका विरुद्ध कडा रुपमा प्रस्तुत हुन आह्वान गरेका थिए। उनले एमसिसी पारित भएको दिनलाई कालो दिनको रुपमा व्याख्या गरेका थिए। 

प्रचण्डले पार्टीको ८ औँ महाधिवेशन विपरीत एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै पूर्वएकता केन्द्रका नेताहरुले ‘विद्रोह’को संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन मंगलबार श्रेष्ठ निवास हात्तीवन नै पुगेका थिए। 

प्रचण्डले आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठलाई संकेत गर्दै खरो टिप्पणी गरेका थिए।

प्रचण्डले भनेका थिए, ‘नारायणकाजी कमरेडले बैठकमा असहमति राख्नुभयो। तपाईंलाई मतभेद राख्ने अधिकार पार्टीमा हुन्छ। तपाईंको विचारलाई सम्मान गरिन्छ। तर, एमसिसीको विरोध गर्दा भएभरका कार्यकर्ता र सबै जनता आफूतिर केन्द्रित हुन्छन् भन्ने नठाने हुन्छ।’ 

तर, मंलबारको भेटमा प्रचण्डले आफ्नो अभिव्यक्तिलाई नकारात्मक ढंगले नलिन भन्दै पार्टीमा मिलेर जान आग्रह गरेका थिए।

एमसिसी विवादले पार्टीभित्र बढ्दो असन्तुष्टिको बेला विभिन्न विकल्पबारे छलफल भइरहेको नेता गिरिराजमणि पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘हामीले आठौँ महाधिवेशनबाट एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेका थियौँ। हाम्रो कोणबाट त्यो भन्दा सर्वोच्च निकाय छैन। महाधिवेशनको निर्णयलाई केन्द्रीय समितीले काट्न पनि मिल्दैन।’

उनले पार्टीको केन्द्रीय समितीको बैठकमा आफ्नो कुरा कडा रुपमा प्रस्तुन गर्ने बताए। बैठक शुक्रबारदेखि शुरु हुदैछ।

महाधिवेशनमा एमसिसी संशोधन नगरि पास नगर्ने सहमति बनेको छ। तर, अध्यक्षले त त्यसअघि नै शेरबहादुरजीसँग मिलेर अमेरिकालाई पत्र पठाइ सक्नुभएको रहेछ’ उनले भने, ‘हाम्रो असन्तुष्टिको विषयमा बैठकमा कुरा राख्छौँ। समस्यालाई कसरी लानुहुन्छ भन्ने नेतृत्वकै हातमा छ।’ 

अध्यक्ष प्रचण्डसँग नेता श्रेष्ठ रिसाएको बेलामा नेपाल कम्युनिस्ट पार्टीका  महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहकार्यको प्रस्ताव गरिसकेको छन्। 

पार्टीभित्रको विवाद बढिरहेको बेलामा प्रचण्डलाई पदाधिकारी चयन गर्नुपर्ने अर्र्को चुनौती छ। पुषमा भएको महाधिवेशनले अध्यक्षबाहेक अरु पदाधिकारी चयन गर्न सकेको छैन। 

बैठकबाटै पार्टीको समस्या समाधान गरेर पदाधिकारी पुर्णता दिनुपर्ने बताउँछिन् नेतृ रेखा शर्मा। 

उनी भन्छन्, ‘एमसिसीलाई लिएर महाधिवेशनदेखि अहिलेसम्म एउटा निर्णय थियो। अहिले नेतृत्वले अर्को निर्णय गर्दा पार्टीमा असहमति बढेको प्रष्ट सत्य हो। तर, यो समस्या पार्टीको बैठकबाटै समाधान गर्नुपर्छ भन्ने पक्षमा छौँ।’

पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष आफैँ लागिपरेको उनले बताइन्।

उनले भनिन्, ‘हिजो पनि उहाँहरुले कुराकानी गर्नुभएको थियो। त्यो संवादलाई निरन्तरता दिएर केन्द्रीय कमिटीको बैठकबाट पार्टीलाई एकताबद्ध बनाएर कार्यविभाजन गरेर निर्वाचनको तयारीमा जुट्नुपर्छ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending