काठमाडौं । विश्वकप क्रिकेट लिग टु क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ।
लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
जसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन्।
त्यस्तै ६ जना अफिसियलको पनि टुंगो लागेको छ। अफिसियलमा कैलाश विष्ट म्यानेजर, पुबुदु दशानायाके मुख्य प्रशिक्षक, प्रकाश शर्मा सहायक प्रशिक्षक, बिक्रम न्यौपाने फिजियो, रमण शिवाकोटी एनालिस्ट र राज शर्मा ट्रेनरमा छन्।
युएई जानुअघि नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन्। श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्।
नेपाली टोली भोलि श्रीलंका जाने छ। श्रीलंकाबाटै नेपाली टोली मार्च १४ मा युएई प्रस्थान गर्ने छन्। नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्ने छ।
दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।
ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ। १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४, १० खेल खेलेको युएई १२ तथा ९ खेल खेलेको नामिविया १० दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन्।
नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - ०९:२१
महोत्तरी । मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री ...
फाल्गुन १२ गते, २०८२ - ०८:४०
प्रधानमन्त्री हुनु बाहेक मैले के अपराध गरेँ ? मैले गोली चलाएको हो र ?
फाल्गुन १२ गते, २०८२ - ०८:०७
दुर्गा प्रसाईंका सहयोगीदेखि शाही युवा शक्तिसम्म प्रहरी निगरानीमा
फाल्गुन १२ गते, २०८२ - ०८:०२
काठमाडौं । चन्द्रमामा १० वर्षभित्रै एउटा 'आत्मनिर्भर सहर' बसाउन सकिन्छ - इलोन मस्कले हालै घोषणा गरेको योजनाले त्यसो भन्छ। एक्स, टेस्ला र स्...
फाल्गुन १२ गते, २०८२ - ०७:४९
जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालले महोत्तरीका दुई पालिका प्रमुख र एक उपप्रमुखलाई कारबाही गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्त...
फाल्गुन १२ गते, २०८२ - ०७:४८
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभ...
फाल्गुन १२ गते, २०८२ - ०७:३८
सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, ...
फाल्गुन १२ गते, २०८२ - ०७:३४
धनुषा । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएक...
फाल्गुन १२ गते, २०८२ - ०७:३१
रौतहट । रौतहटको गौर नगरपालिका–६ सबगढामा सदभाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको वि...
फाल्गुन १२ गते, २०८२ - ०७:२८
मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्...



प्रतिकृया लेख्नुहोस्: