तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करो डबढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।
हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए। “क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ”, उनले भने, “केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।”
न
जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिए। आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट हार्डवेयरको गोदाम पूर्ण रूपमा क्षति भएको छ । उक्त वरपरका अन्य नौ वटा घर आंशिक रूपमा क्षति भएको र तनहुँसुर मिनी मार्केटको दुई वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । आगलागी नियन्त्रणका क्रममा स्काभेटरले तीन वटा टहराहरू भत्काएको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण ९इ०, सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पुर्याएका थिए ।
आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकल प्रयोग गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शङ्कर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना पनि दु:ख व्यक्त उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: