Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

फेरि संसद विघटनको चर्चा, ‘अर्ली इलेक्सन’कै पक्षमा सत्ता गठबन्धन

स्थानीय तहको निर्वाचनपछि जुनसुकै बेलामा सामना गर्न एमाले तयार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि बनेको पाँच दलीय सत्ता गठबन्धनमा आफै  ‘अर्ली इलेक्सन’को पक्षमा उभिएको छ। प्रतिनिधि सभा विघटन गरेर नै   ‘अर्ली इलेक्सन’ गर्नेमा गठबन्धनमा बलियो मत बन्दै गएको हो। 

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध जारी राखेपछि गठबन्धनले ‘अर्ली इलेक्सन’को विकल्पबारे छलफल थालेको हो। 

त्यसको संकेत शनिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले गरेका थिए।  त्यसो त ओलीले दुईपटक संसद् विघटन गरेपछि पार्टी नै फुटाएर हिँडेको माधव नेपाल आफैँ संसद् विघटनको पक्षमा उभिएका छन्। 

आइतबार संसद् बैठकबाट बाहिरिँदै अध्यक्ष नेपालले भने, ‘हाउस चल्न पनि नदिने। केही गतिविधि गर्न पनि नदिने। हाउसलाई पंगु बनाउने, भत्ता खाने, हामीलाई पनि हैरान पार्ने। त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसदले नै अब केपी ओलीको बितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने। न संसद् रहन्छ । न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने।’

संसद् चल्न नदिएर संसदलाई पंगु बनाइएको भन्दै उनले ओलीको बितण्डालाई सामना गर्नका लागि संसद् भंग गर्नुपर्ने बताए। संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ।

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै संसद विघटन गरेर संघको निर्वाचन गराउन चाहन्थे। तर, स्थानीय तह जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप लगाउँदै चर्को विरोध भएपछि अडानबाट फर्किए। 

तर, अहिले पनि प्रचण्ड स्थानीय तहको भन्दा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन्।  तर,  माओवादी सांसद वर्षमान पुनले अर्ली इलेक्सनबारे फरक मत राख्छन्। वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा अर्ली इलेक्सन गर्ने समय नहुने उनको भनाइ छ। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने स्थानीय तहको निर्वाचन सारेर भए पनि प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताए।  

मंसिरपछि पाँच वर्ष संघीय संसदको कार्यकाल पाँच वर्षमा प्रवेश गरिसकेपछि निर्वाचन भने गर्न सकिने उनको बुझाइ छ। 

सांसद पुनले संसद लामो समयदेखि अनिर्णयको अवस्थामा रहँदा विघटन गरेर अर्ली इलेक्नसमा जाने कुरा राजनीतिक रूपले ठिकै भएको स्वीकार गरे।

सत्ता गठबन्धनले प्रतिनिधिसभाको निर्वाचनबारे छलफल चलाइ रहेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भएको हुनसक्ने आशंका व्यक्त गर्छ।   

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ‘चुनाव गर्नका लागि हो कि  भत्काउनका लागि हो? स्थानीय तहको चुनावको घोषणा गठबन्धनको चाहनाले भएको होइन। अहिले पनि उहाँहरू प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा खोजी राख्नुभएको छ। 

निर्वाचनमा जान खोज्दा प्रतिगमन भन्नेहरूले अहिले अचानक यस्तो कुरा गरेपछि षडयन्त्रको गन्ध आएको उनको भनाइ छ। 

त्यसो त एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशङ्का गर्छन्। 

नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, 'स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।'

सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

बिकेन कागती दाना, विकल्पमा रस र चुक बनाउँदै

स्याङ्जा। यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएक...

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न ...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending