काठमाडौं । वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए।
बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने जानकारी दिए । नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ । वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन । संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयर बजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेश गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए।
ठूला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायीत्वमा समेत महत्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्व दिइएको उनको भनाइ छ । उनले भने“रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ । हामीसँगै एक हजार २०० बढी ठूला कर तिर्ने कम्पनी छन् । तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक विल्डिङको प्रक्रिया पनि अगाडि बढाउनैपर्छ ।”
वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ । उनले शेयर कारोबार भएको दोस्रो दिनसम्म पनि राफसाँफ नगर्ने धितोपत्र दलाल व्यवसायीलाई पनि कानूनी कारवाही हुने बताए। लगानीकर्ताको हितका लागि बोर्डका तर्फबाट हुन सक्ने जति सबै काम गरिने अध्यक्ष हमालले प्रतिवद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: