Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

रासस

म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् ।  जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पुजामा नाचगान गरेर शिक्षकको तलवभत्ता जुटाउने गरिएको जानकारी दिए। 

“निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक रु नौ लाख आवश्यक पर्छ”, उनले भने, “सो रकम जुटाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले नाचगान गछौँ। ” 

विसं २०६८ देखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई÷दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पुर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका प्रअ न्याउली छन्त्यालले बताए ।

“विसं २०७६ सम्म चार जना पूर्ण निजी स्रोतका शिक्षकका लागि वार्षिक रु १४ लाख खर्च जुटाउनु पर्दथ्यो”, उनले भने, “दुई वर्षदेखि गाउँपालिकाले दुई जना शिक्षकको अनुदान र एक जना दरबन्दी मिलान गरेर पठाएपछि केही सहज भए पनि नाचगान गरेर आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छैन ।”

नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोर्खा छन्त्यालले बताए। 

गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब ३०० विद्यार्थी छन् । 

सो विद्यालय गुर्जाको एकमात्र विद्यालय हो । गुर्जा भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । छिमेकी वडा लुलाङबाट तीन हजार मिटर उचाइको देउराली धुरी छिचोलेर पूरै दिन हिँडेपछि गुर्जा पुग्न सकिन्छ । सडक यातायातको सुविधा छैन । भौगोलिक विकटताका कारण गाउँ बाहिरका शिक्षक आउन नमान्ने र आए पनि छिट्टै सरुवा भएर जाने समस्या छ । 

शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जालाई दुर्गम र विशेष क्षेत्र घोषणा गरेर विकास आयोजनाको दररेट र शिक्षक कर्मचारीलाई अतिरित्त सुविधाको व्यवस्था गर्नुपर्ने बताए। 

कलाकार कल्याणकारी कोष स्थापना 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दी शाखाले कलाकार कल्याणकारी कोष स्थापना गरेको छ । प्रतिष्ठानको २१ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७८ को अवसरमा रु एक लाख ५० हजारको कोष स्थापना गरिएको हो । प्रतिष्ठानका सचिव पदम विश्वकर्माले कोषबाट अप्ठ्यारोमा परेका कलाकारलाई सहयोग गरिने जानकारी दिए। 

“प्रतिष्ठानका पदाधिकारी, सदस्य र दाताको सहयोगमा कोष बनाएका हौँ”, उनले भने, “जटिल रोगबाट थलिएका कलाकारको उपचार, दुर्घटना, विपद्बाट प्रभावित भएको अवस्थामा सहयोग गर्छौं ।”

यसैगरी प्रतिष्ठानले आइतबार बेनी नगरपालिका–८ स्थित कृष्ण गण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरेको छ । प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य अग्रज लोक गायिका धनकुमारी थापा, सल्लाकार जीवनकुमार विश्वकर्मा र जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ र उपाध्यक्ष नैनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। 

ज्येष्ठ नागरिकलाई भजनकीर्तन तथा साङ्गीतिक कार्यक्रम सञ्चालनमा सहयोग पुगोस् भनेर वाद्यवादनका सामग्री प्रदान गरिएको उनले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending