काठमाडौं । नेपाल बीउ व्यवसायी सङ्घले मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउविजन आपूर्ति निजी क्षेत्रबाट भएको जनाएको छ ।
सङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रियामा खाद्यन्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउविजन कम्पनीले आयात गरिरहेको जानकारी दिइयो ।
स्थानीय जातका बीउविजन स्वदेशमै उत्पादन हुने र केही वर्णशङ्कर जातका बीउ विदेशबाट आयात हुँदै आएको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहको जनाइएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउविजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउ विजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
बीउविजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सङ्घका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले आफू नेतृत्वको संस्थाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको दाबी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: