Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

काठमाडौंका १९ ठाउँमा होली कार्यक्रम: १५ सय प्रहरी परिचालन, इच्छाविपरीत रंग दल्नेलाई मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले यस वर्षको फागु पूर्णिमा होलीको अवसरमा ‘होली नखेल्नु’ भनेको छैन ।प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ । 

काठमाडौं जिल्लाका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । 

होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको काठमाडौं प्रहरीले प्रहरीले जबर्जस्ती रंग नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरेको छ । चैत ३ मा पहाडी र ४ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा जबरजस्ती लोला हान्ने कामलाई रोक्न प्रहरीले माइकिङ शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा १५ सय प्रहरी परिचालन गर्ने सुरक्षा योजना बनाएको छ । 

चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंग दल्ने गरेको भेटिए पक्राउ गरेर मुद्दा चलाउने परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

१९ ठाउँमा कार्यक्रम, १५ सय प्रहरी परिचालन
काठमाडौंको बसन्तपुर, भृकुटीमण्डप, सानो गौचरन, ठमेलस्थित कर्मचारी संचय कोष भवन अगाडी, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्ट, नर्सिङ चोक र असन चोक लगायत १९ ठाउँमा ‘होली कार्यक्रम’ आयोजना गरिएको छ । 

वसन्तपुरमा आयोजित होली कार्यक्रममा डीएसपीको कमाण्डमा ८५ जना प्रहरी परिचालन गर्ने सुरक्षा योजना तयार गरिएको छ । भृकुटीमण्डपमा ३५ जना, सानो गौचरनमा ४० जना, त्रिदेवीमार्ग स्थित कर्मचारी संचयकोष अगाडी ४० जना, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्टमा २० जना, नर्सिङचोक ठमेलमा ३५ जना, असनचोकमा ४० जना र क्षेत्रपाटी चोकमा २० जना प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

सामाखुसी, गोंगबु, बसपार्क, लैनचौर, नयाँबजार, रानीबारी, कुलेश्वर आवासक्षेत्र, टोखा नगरपालिका, भुँइखेल चउर (स्वयम्भु) र नयाँ बानेश्वरमा हुने कार्यक्रमहरुमा १०४ जना प्रहरी परिचालन हुनेछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: