Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

भाषण र निर्णयका ठेलीले मात्र जनताका समस्या हल हुन्नन् : मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिएकि  ।
छन् । 

कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उनले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दु:खमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिइन्। मन्त्री श्रेष्ठले भनिन्, “भाषण गर्दैमा, निर्णयका ठेली लेख्दैमा जनताका समस्या समाधान हुन्नन्, विगतमा जनप्रतिनिधिबाट आवश्यक पहल भएको देखिएन, त्यसैले पागाबासीले पूर्जा प्राप्त गर्न गणतन्त्र आउन पर्‍यो । लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था छ, अब त्यो छिट्टै अन्त्य गरिनेछ ।”

जनताले बनाएको मन्दिरमा गजुर लगाउन मात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उहाँले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गरिन्।

त्यसक्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद राजेन्द्र केसीले पिता पुर्खाबाट जग्गाको हक हस्तान्तरण भए पनि लालपुर्जा नहुँदा खेप्न परेका यावत समस्या पुर्जा प्राप्त भएसँगै समाप्त भएको बताइन् । प्रदेशसभा सदस्य पुकार महर्जनले पुर्जाका अभावमा घर बनाउँदा नक्सा पास, ऋण लिन धितो, हक हस्तान्तरण गर्न समस्या झेल्दै आएका स्थानीयवासीलाई लालपुर्जा प्राप्त भएसँगै ती कार्य गर्न सजिलो भएको धारणा व्यक्त गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: