काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको इतिहासले पनि नेकपा एमाले ठुलो र मूलधारको पार्टी भन्न अप्ठेरो मान्नुपर्ने नपर्ने वताएका छन्।
बुधबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेसँगै सवैभन्दा पुरानो पार्टी प्रजापरिषद समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गरे
उनले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठुलो एमाले भन्नेजस्ता शब्दावली भुल बस, नियतबस प्रयोग हुने गरेको पनि बताए । उनले राष्ट्रलाई अघि बढाउने नीति, जननिर्वाचित प्रतिनिधि र व्यवहारिक प्रश्नमा पनि एमाले नै मुलुकको प्रमुख पार्टी भएको बताए । साथै उनले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताए । उनले एमालेसँगै सवैभन्दा पुरानो पार्टी प्रजापरिषद समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गरे । ‘१९९१ सालमा स्थापना भएको प्रजापरिषद पनि एमालेसँगै छ । कम्युनिस्ट आन्दोलनको इतिहासले पनि नेकपा एमाले ठुलो र मूलधारको पार्टी भन्न अप्ठेरो मान्नुपर्ने छैन’, ओलीको भनाइ छ ।
बबरमहलस्थित कार्की व्यांकेटमा बैठक जारी बैठकमा स्थानीय निर्वाचन केन्द्रीत विभिन्न ११ वटा एजेण्डामा छलफल हुँदैछ । जसमा सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णय बैठकका एजेण्डा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: