Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते

खबरडबली संवाददाता

जेरूसेलम । इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ ।

घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । 

एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो ।

इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजायँ भोगेर मुक्त भएका ब्यक्तिले आक्रमण गरेको पनि खुलेको छ ।

छुरा प्रहार गर्ने ब्यक्ति एक बन्दूकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् । आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ । इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो । 

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । 

आक्रमणपछि आफ्ना आन्तरिक सुरक्षा मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले कथित आक्रमणकारीलाई गोली हान्नेहरूको प्रशंसा गर्दै भने, “उनीहरूले साधन र साहस देखाए र थप घाइते हुनबाट रोके ।”

“हामी आतंककारीहरूविरुद्धको लडाइमा कडा मेहनत गर्नेछौं । हामी उनीहरूका साथै उनीहरूलाई मदत गर्नेहरूलाई पछ्याउनेछौं,” बेनेटले ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending