चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजदेखि यहाँ सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए । उनले भने, “अब रङ्गशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
धुर्मुश–सुन्तली फाउण्डेशन पछि हटेपछि रङ्गशालाको काम रोकिएको छ । अध्यक्ष दाहालले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताए। जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिवद्धता जनाए।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा, केन्द्रीय सदस्य पेमा लामालगायतले आ–आफ्नो धारणा राखेका थिए। प्रतियोगितामा तीन विभागीयसहित आठ टोली सहभागी छन् । प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल यही चैत ३० गतेसम्म सञ्चालन हुनेछन् । दोस्रो चरणका खेल मोरङको विराटनगरमा हुनेछन् । प्रतियोगिताको विजेताले रु २० लाख, दोस्रो हुनेले रु १० लाख, तेस्रो हुनेले रु पाँच लाख तथा चौथो हुने टोलीले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १४:२५
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:४२
काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...
पौष ३ गते, २०८२ - १३:०४
कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...
पौष ३ गते, २०८२ - १२:५७
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...
पौष ३ गते, २०८२ - १२:४९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...
पौष ३ गते, २०८२ - १२:३९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...




प्रतिकृया लेख्नुहोस्: