Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

खबरडबली संवाददाता

काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो । 

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कूल २० किलोमिटर र भारततर्फ कूल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ । 

नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो । 

सो बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०÷५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । 

प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरणबीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा ऋण ८० प्रतिशत र स्वपूँजी अनुपात २० प्रतिशत रहने उल्लेख गरिएको थियो । 

यस्तै भारतीय क्षेत्रमा रहने प्रसारण लाइन २५ वर्षका लागि सम्पूर्ण क्यापासिटी बुकिङ प्राधिकरणले गर्ने उल्लेख छ । यस्तै केही समय पहिले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले यही महिनाभित्रै संयुक्त कम्पनी स्थापना गर्ने सहमति गरेका थिए । नेपाल र भारतबीच विभिन्न ११ विन्दुबाट विद्युत् आयात तथा निर्यात हुँदै आएको भए पनि ठूलो क्षमताको प्रसारण लाइन भने एउटा मात्रै छ । 

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै ठूलो क्षमताको अर्थात् ४०० केभी क्षमताको हो । अन्य सबैजसो आयोजना ३३ केभीदेखि १३२ केभीसम्म छ । सरकारले सो प्रसारण लाइनलाई महत्वका साथ अगाडि बढाएको छ । वर्षाको समयमा बढी भएको बिजुली निर्यात तथा कम भएको बेला आयातका लागि ठूलो क्षमताको प्रसारण लाइन जरुरी छ । 

प्रसारण सञ्जालको निर्माणका लागि प्राधिकरणले महत्वका साथ गतिविधि अगाडि बढाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कम क्षमताका प्रसारण लाइनमा बढी मात्रामा प्राविधिक चुहावट हुने भएकाले ठूला क्षमताका प्रसारण लाइन आवश्यक छ । 

सरकारको पछिल्लो निर्णयअनुसार अब प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले एक आपसमा मिलेर संयुक्त कम्पनी स्थापना गर्नेछन् । सो कम्पनी स्थापना भए पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्मााणको काम अगाडि बढ्नेछ ।

न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनामा काठमाडौँ, नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै जाने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनसमेत जोडिनेछ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीले अगाडि बढाउँदैछ । न्यू बुटवल सवस्टेशन समेत ४०० केभी क्षमतामा निर्माण हुनेछ । सो सवस्टेशनलाई नेपालको प्रसारण गुरुयोजनाअनुसार हब सवस्टेशनको नाम दिइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्व रहने गरी भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत शेयर पूँजी रहने गरी बढीमा रु एक अर्बसम्मको स्वीकृति दिइएको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभएको छ । यसबाट नेपाल र भारतका बीचमा ऊर्जा आदानप्रदानका लागि महत्वपूर्ण योगदान पुग्नेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy