Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

खबरडबली संवाददाता

काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो । 

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कूल २० किलोमिटर र भारततर्फ कूल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ । 

नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो । 

सो बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०÷५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । 

प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरणबीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा ऋण ८० प्रतिशत र स्वपूँजी अनुपात २० प्रतिशत रहने उल्लेख गरिएको थियो । 

यस्तै भारतीय क्षेत्रमा रहने प्रसारण लाइन २५ वर्षका लागि सम्पूर्ण क्यापासिटी बुकिङ प्राधिकरणले गर्ने उल्लेख छ । यस्तै केही समय पहिले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले यही महिनाभित्रै संयुक्त कम्पनी स्थापना गर्ने सहमति गरेका थिए । नेपाल र भारतबीच विभिन्न ११ विन्दुबाट विद्युत् आयात तथा निर्यात हुँदै आएको भए पनि ठूलो क्षमताको प्रसारण लाइन भने एउटा मात्रै छ । 

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै ठूलो क्षमताको अर्थात् ४०० केभी क्षमताको हो । अन्य सबैजसो आयोजना ३३ केभीदेखि १३२ केभीसम्म छ । सरकारले सो प्रसारण लाइनलाई महत्वका साथ अगाडि बढाएको छ । वर्षाको समयमा बढी भएको बिजुली निर्यात तथा कम भएको बेला आयातका लागि ठूलो क्षमताको प्रसारण लाइन जरुरी छ । 

प्रसारण सञ्जालको निर्माणका लागि प्राधिकरणले महत्वका साथ गतिविधि अगाडि बढाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कम क्षमताका प्रसारण लाइनमा बढी मात्रामा प्राविधिक चुहावट हुने भएकाले ठूला क्षमताका प्रसारण लाइन आवश्यक छ । 

सरकारको पछिल्लो निर्णयअनुसार अब प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले एक आपसमा मिलेर संयुक्त कम्पनी स्थापना गर्नेछन् । सो कम्पनी स्थापना भए पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्मााणको काम अगाडि बढ्नेछ ।

न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनामा काठमाडौँ, नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै जाने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनसमेत जोडिनेछ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीले अगाडि बढाउँदैछ । न्यू बुटवल सवस्टेशन समेत ४०० केभी क्षमतामा निर्माण हुनेछ । सो सवस्टेशनलाई नेपालको प्रसारण गुरुयोजनाअनुसार हब सवस्टेशनको नाम दिइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्व रहने गरी भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत शेयर पूँजी रहने गरी बढीमा रु एक अर्बसम्मको स्वीकृति दिइएको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभएको छ । यसबाट नेपाल र भारतका बीचमा ऊर्जा आदानप्रदानका लागि महत्वपूर्ण योगदान पुग्नेछ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस, रवि र बालेनबारे प्रतिवेदनमा के छ ?

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।

‘सर्मनाक’ हारपछि ओलीको विकल्प खोज्ने दिशामा एमाले नेता

काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...

इलाम १ अपडेटः कांग्रेसको अग्रता, माटोलाई पछ्याउँदै एमाले

काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...

कर्णालीमा पुगेन रास्वपाको लहर- कांग्रेस पहिलो, नेकपा दोस्रो

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा दुई तिहाइ बहुमततर्फ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...

समानुपातिकमा रास्वपाले ३६ लाख ७२ हजार हटायो, अरुले कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...

भोजपुरमा शेरधनलाई हराउने ध्रुवराज- स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्...

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा ...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन,...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE