किभ । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ ।
रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।
बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ ।
“हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,” जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उहाँले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए ।
अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ।
अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: