Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

प्रधानमन्त्री देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन फलदायी

सीमा समस्या समाधान गर्नेबारे दुई प्रधानमन्त्रीबीच छलफल

खबरडबली संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारत भ्रमण दुई देशबीच रहिआएको सहयोगात्मक सम्बन्ध अझ प्रगाढ बनाउन फलदायी भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका हुन्। 
 
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरेका थिए। सो अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए । 
नुभयो ।
 
प्रधानमन्त्री देउवाको भ्रमणबारे आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी गराउँदै परराष्ट्रमन्त्री डा खड्काले भने, “दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदानप्रदान भयो ।”
 
भ्रमणमा उच्च तहमा भ्रमणको आदानप्रदान गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने, ऊर्जा क्षेत्रमा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता दिने, सीमापार कनेक्टीभिटी बढाउन रेलवे सेवा सञ्चालन कार्य अगाडि बढाउने, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने, द्विपक्षीय व्यापार विस्तार गर्ने साथै रासायनिक मल उपलब्ध गराउनेलगायत विषयमा छलफल भएको थियो ।
 
नेपालको विकासमा भारतको सदा साथ र सहयोग रहेको र प्रधानमन्त्री मोदीले दुई देशबीच विकास एवं आर्थिक सहकार्यसम्बन्धी नेपालका प्रस्तावहरूलाई भारतले सकारात्मक रूपमा अगाडि बढाउने बताउनुभएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए । 
 
“भैरहवा र पोखरामा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सहज उडान सञ्चालनका लागि एवं नेपालको हवाई ट्राफिकलाई मध्यनजर गर्दै नेपाललाई महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप एयर इन्ट्री रुट उपलब्ध गराउने विषयमा छलफल गरिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अविलम्ब निअर बोर्डर अपरेसन सहमतिका लागि भारत सरकारसँग प्रधानमन्त्री देउवाले अनुरोध गर्नुभएको छ”, मन्त्री डा खड्काले भने ।
 
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीको समुपस्थितिमा जयनगर–जनकपुर रेल सेवाको सञ्चालन, भारतीय सहयोगमा नेपालमा निर्माण सम्पन्न १३२ केभी सोलु करिडोर ट्रान्समिसन लाइन, स्वास्थ्य क्षेत्रमा निर्माणाधीन १३२ हेल्थ पोष्ट निर्माण कार्य र नेपालमा एसबिआइ बैंकबाट जारी ‘रुपे’ कार्ड सञ्चालनको भर्चुअल माध्यमबाट उद्घाटन एवं प्रगति अवलोकन गरिएको थियो ।
 
महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
 
रेलवे क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने सम्झौता, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको फ्रेमवर्क सम्झौता, एनओसी र आइओसीबीच पाँच वर्षका लागि इन्धन आपूर्ति गर्ने सम्झौता, एनओसी र आइओसीबीच प्राविधिक विशेषज्ञता साझेदारीको लागि सम्झौतामा हस्ताक्षर भएको उनले बताए। 
 
साथै जलविद्युत् क्षेत्रमा नेपाल–भारतबीच दीर्घकालिन सहकार्यलाई मजबूत गर्ने उद्देश्यका साथ ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल–भारत संयुक्त भिजन वक्तव्यमा सहमति भएको छ । नेपाल र भारतबीच जलविद्युत् उत्पादन, प्रशारण लाइन निर्माण र जलविद्युत् व्यापार बढाउने विषयमा पनि कुराकानी भएको छ ।
 
भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले आर्थिक तथा प्राविधिक क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार तथा मानवस्रोत विकासमा भारतले गरेको सहयोगको सरहाना गर्नुभएको थियो । यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको भारतसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेकोसमेत बताएका थिए। 
 
त्यसैगरी वित्तीय क्षेत्रमा एलओसी आईभीअन्तर्गत ५०० मिलियन अमेरिकी डलर उपयोगका लागि सिग्नेचर परियोजना प्रस्ताव गर्न भारतीय पक्षबाट अनुरोध भएको छ । दुई प्रधानमन्त्रीबीच स्वास्थ्य क्षेत्रमा सहयोगका लागि तनहुँमा स्थापित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास रोग केन्द्रलाई जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा खड्काले जानकारी दिए। 
 
सीमाबारे दुई प्रधानमन्त्रीको छलफल
 
दुई प्रधानमन्त्रीबीच सीमासम्बन्धी विषयमा विचार आदानप्रदान भएको छ । परराष्ट्र मन्त्री डा खड्काले भने, “दुई देशबीच स्थापित संयन्त्रमार्फत सीमासम्बन्धी विषय संवाद र कूटनीतिमार्फत समाधान गर्न कुराकानी भएको छ ।”
 
भ्रमणका क्रममा प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री डा एस जयशङ्कर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गरेका थिए। उक्त अवसरमा आपसी हितका विषय तथा सम्बन्धलाई अगाडि बढाउने विभिन्न विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
 
प्रधानमन्त्री देउवा नेपाली राजदूतावास नयाँ दिल्लीले आयोजना गरेको स्वागत कार्यक्रममा सरिक हुनुका साथै सो अवसरमा नेपाली समुदायसँग अन्तरक्रियासमेत गरेका थिए। प्रधानमन्त्री देउवाले  कन्फिडेरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा आयोजित कार्यक्रममा व्यापारिक नेतृत्वलाई सम्बोधन गर्र्दै बदलिदो आर्थिक तथा राजनीतिक परिवेशमा नेपाल लगानीका लागि उपयुक्त भएको बर्ताका थिए। 
 
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न विभिन्न नीतिगत तथा कानुनी सुधारहरू गरेको जानकारी गराए। 
 
भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले वाराणसीको भ्रमणसमेत गरेका थिए। त्यस अवसरमा उहाँले काँशी विश्वनाथ मन्दिरमा पूजा अर्चनासमेत गरेकोे भ्रमणमा सहभागी परराष्ट्र मन्त्री खड्काले बताए। भ्रमणका अवसरमा भारतका प्रधानमन्त्री मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भएका द्विपक्षीय भेटघाट एवं छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ ।
 
प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र भारतका प्रधानमन्त्रीले आफूले सन् २०१४ र २०१८ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएका थिए। 
 
प्रधानमन्त्री देउवा नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणा देउवासहित परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्क्षी विकास मन्त्री महिन्द्रराय यादव, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत विभिन्न मन्त्रालयका सचिव, उद्योगी व्यावसायी, सञ्चारकर्मीलगायत थिए।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस, रवि र बालेनबारे प्रतिवेदनमा के छ ?

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।

‘सर्मनाक’ हारपछि ओलीको विकल्प खोज्ने दिशामा एमाले नेता

काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...

इलाम १ अपडेटः कांग्रेसको अग्रता, माटोलाई पछ्याउँदै एमाले

काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...

कर्णालीमा पुगेन रास्वपाको लहर- कांग्रेस पहिलो, नेकपा दोस्रो

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा दुई तिहाइ बहुमततर्फ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...

समानुपातिकमा रास्वपाले ३६ लाख ७२ हजार हटायो, अरुले कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...

भोजपुरमा शेरधनलाई हराउने ध्रुवराज- स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्...

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा ...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन,...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE