Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

रासस

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । 

बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो । छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू रु भनेर प्रश्न गरेका थिए । 

यसमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्गको स्तरवृद्धि गर्ने अधिकार प्रदेश सरकारसँग नभएको जानकारी गराएका थिए। 

कर्णाली राजमार्ग सङ्घ सरकार मातहत हुँदा प्रदेश सरकारको आवश्यकतामा विकास गर्ने अधिकार नभएको उनले बताए ।“राजमार्ग दुईलेनको हुन नसक्दा बर्सेनि दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ”, उनले भने, “तर यसको निर्माण स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग छैन ।”

यसको विषयमा बारम्बार सङ्घ सरकारसँग अनुरोध गर्दा सुनुवाइ नभएको उनको भनाइ थियो । यद्यपि प्रदेश सरकारले भने अहिले १० मिटर लम्बाईका सडक निर्माण गर्ने नीतिलाई अगाडि सारेको मन्त्री रोकायले बताए । 

प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले यतिबेला कर्णाली राजमार्गलगायत विभिन्न जिल्लाको स्थलतगत अनुगमन गरी त्यहाँका वास्तविक अवस्था बुझेको र आगामी वर्षमा पूर्वाधार विकासका क्षेत्रमा ठोस योजना बनाएर अघि बढ्ने उनको भनाइ थियो । 

कनकासुन्दरी गाउँपालिका जुम्ला र चौकुन गाउँपालिका सुर्खेतका अध्यक्षद्वय नरबीर रावल र धीरबहादुर शाहीले पालिकास्तरमा स्थानीय सरकारले सबै वडामा मापदण्डअनुसार सडक सञ्जा पु¥याएको बताए । 

अध्यक्ष शाहीले आफ्नो पालिकाका सबै वडामा सडक पु¥याएको भन्दै बरु सम्बन्धित निकायले सडक सञ्चालनको अनुमति दिन आग्रह गरे ।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूमेश्वर तिवारीले भौगोलिक विकटता, रोड इन्जिनियरिङ राम्रो नहुँदा र अनुमति प्रणाली कमजोर भएकोले सडक दुर्घटनामा बढेको बताए । उनले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको जनाए । 

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले विकासको सञ्जालीकरणका लागि पूर्वाधार निर्माण आवश्यक रहेको जनाए । काक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्षले सरकारले निर्माण गर्ने सडकको मापदण्ड नपुग्दा दुर्घटना बढेको बताउँदै यातायातमा मनोमानी भाडा लिनेलाई कारबाही गर्ने र सबैले देख्ने गरी भाडादरको सूचना बोर्ड राख्ने बताए । 

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेश, होटल एशोसिएशन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासङ्घलगायतका सङ्घ÷संस्थाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस, रवि र बालेनबारे प्रतिवेदनमा के छ ?

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।

‘सर्मनाक’ हारपछि ओलीको विकल्प खोज्ने दिशामा एमाले नेता

काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...

इलाम १ अपडेटः कांग्रेसको अग्रता, माटोलाई पछ्याउँदै एमाले

काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...

कर्णालीमा पुगेन रास्वपाको लहर- कांग्रेस पहिलो, नेकपा दोस्रो

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा दुई तिहाइ बहुमततर्फ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...

समानुपातिकमा रास्वपाले ३६ लाख ७२ हजार हटायो, अरुले कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...

भोजपुरमा शेरधनलाई हराउने ध्रुवराज- स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्...

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा ...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन,...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE