Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पचहत्तर लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए । 

उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताए। गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई नि:शुल्क टाइफाइड खोप उपलब्ध गराएको छ । नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ । 

शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको बताए । उनका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो । यसकोे सङ्क्रमण सबै उमेर समूहमा देखिएपनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ  । 

टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ । 

मासुभित्र दिइने टाइफाइडको खोपले वयस्क र बालबालिकामा दीर्घकालिन रोग प्रतिरोधात्मक क्षमता राख्दछ । खोपको माध्यमबाट गरिने रोकथाम रोगसँग लड्नका लागि सबैभन्दा प्रभावकारी माध्यम हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरसफाइ र खोपको अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताए। नेपालमा एक अध्ययनअनुसार प्रतिएक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले खोप विभिन्न देशमा ‘क्लिनिकल ट्रायल’ पछि नेपालमा प्रयोग गर्न थालिएको, ८५ प्रतिशत प्रभावकारी रहेको र  एक मात्रा लगाएपछि  अर्को मात्रा लगाउन नपर्ने बताए। नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । यो खोप सुुरक्षित र प्रभावकारी रहेको बताइएको छ । खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर  देखिएपनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन विभागले अभिभावकसँग आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending