Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

श्रीलंकामा आर्थिक संकट : साना दलका ४० सांसद राष्ट्रपतिको गठबन्धन छोड्ने घोषणा

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । 

गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएपछि वर्तमान् सरकार थप सङ्कटमा परेको छ ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा सङ्कट भोगिरहेको श्रीलङ्कामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेका समय ती साना दलहरूको निर्णय आएको हो । सांसदहरूको निर्णयले राजापक्षलाई पार्ने असरका बारेमा स्पष्ट छैन । ती दलले आफूलाई सरकारबाट टाढा राखे पनि प्रतिपक्षी दललाई समर्थन गरेका छैनन् ।

यो निर्णयपछि संसद्मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठाएको छ । राजापक्षको मन्त्रिमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । राष्ट्रपतिले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय सरकारका लागि आह्वान गर्दै मन्त्रिपरिषद्मा आउन अनुरोध गरेका छन् ।

प्रतिपक्षी दलहरूले सो अनुरोधलाई अस्वीकार गर्दै उनको राजीनामा मागेका छन् । “जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने हो,” प्रमुख प्रतिपक्षी दल सामागी जन बालावेगायाका सजिथ प्रेमादासाले भने। 

मङ्गलवार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेसँगै सरकारले आर्थिक सङ्कटलाई थेग्न नै नसकिने अवस्थामा पुगेको पुष्टि भएको छ ।

“मानिसहरू आफ्नो दैनिक दालचामल र आधारभूत आवश्यकताका वस्तुहरू पनि किन्न नसकने अवस्थामा रहेको काममा वा विद्यालय जान बस चढ्न समेत समस्या हुन थालेको एक प्रदर्शनकारीले बताए । 

ती प्रदर्शनकारीले भने, “योभन्दा कति खराब अवस्था हुन सक्छ? पेट्रोल छैन, डिजेल छैन, कागत नभएर बच्चाहरूले परीक्षा दिन पाएका छैनन् ।” 

गएका केही दिनयता प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्न थालेका छन् । बिहीवार राति राष्ट्रपति भवन बाहिरको प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शन रोक्न शुक्रवारदेखि आइतवारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए । 

यससँगै सन् २०१९ को निर्वाचनमा लोकप्रिय बहुमतले विजयी भएका राजापक्षको लोकप्रियतासमेत निकै कम भएको जोकोहीले अनुमान गर्नसक्छ । 

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।

श्रीलङ्का फ्रिडम पार्टीका नेता तथा पूर्वराष्ट्रपति सिरीसेनाले संसद्मा भने, “इन्धन र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव छ । औषधि नभएरै अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन् ।” 

यो अवस्थामा श्रीलङ्का फ्रिडम पार्टी प्रदर्शनकारी जनताको पक्षमा उभिने उनले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy