काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दाेस्राे वरीयताका सम्मानित नेता झलनाथ खनाल केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति आफु असन्तुष्ट रहेकाे बताएका छन् । खनालले आफुनिकट नेता कार्यकर्तासँग कार्यविभाजन सम्मानजनक नभएकाे गुनासाे गर्दै आएका छन् ।
खनाल निकट एक पोलिटब्युरो सदस्यले नाम नबताउने शर्तमा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा कार्यविभाजन गर्दा एकलाैटी गरेकाे खनालकाे आराेप रहेकाे बताए । उनले भने, ‘पार्टीमा कार्यविभाजन एकलाैटी रुपमा भएकाे सम्मानित नेता खनालकाे भनाइ छ ।’
‘म विगत १५ दिन देखि डाक्टरको सल्लाहमा आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यसपटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ’, खनालले भनेका छन्, ‘६ महिनापछि बैठक गर्दा पनि पार्टीले त्यहीँ बेलामा बैठक पारिदियो । त्यो बैठकमा के के एजेन्डा प्रस्तुत भए ? के के विषयमा कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा छैन ।’
खनालले धेरै नेता कार्यकर्ताहरूले कार्यविभाजनका बारेमा चर्को असन्तुष्टि रहेको आफूलाई गुनासो गरेको भन्दै स्थायी कमिटीको निर्णयबारे आफूलाई विस्तृत जानकारी भइनसकेको बताएका छन् । ‘यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’, खनालले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा प्रस्तावहरू पठाएको स्मरण गराएका छन् ।
‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन । पार्टीले महाधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ’, खनालले भनेका छन्,‘अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’
उनले केन्द्रीय कमिटी सदस्यहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । ‘स्थायी कमिटीले गर्नुपर्ने त्यहीँ हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरेँ मलाई पनि कयौँ कुरा चित्त बुझेन । अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला’, खनालको भनाइ छ ।
स्थायी कमिटीको बैठकपछि गत शुक्रबार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: