Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

फर्केर नयाँ घरमा सरौंला भन्थे, कंगोमै विद्रोहीबाटै मारिए

खबरडबली संवाददाता

काठमाडौं । ‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौंला ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरुङले बाबु लालबहादुर गुरुङलाई अफ्रिकी मुलुक कंगो जानुअघि यही भनेका थिए । 

तर, दुर्भाग्य, उनी आफ्नो जन्मभूमि नेपाल नै फर्कन पाएनन् । नेपाल नै फर्कन नपाएपछि आफूसहित नयाँ घरमा सर्ने त कुरै भएन ।

सुर्खेतमा अनिलको टायलले छाएको घर छ, जहाँ उनका बाबुआमा बस्छन् । टायलले छाएको सो घरबाट बाबु आमालाई पक्की घरमा सार्ने उनको योजना थियो । यसका लागि उनले एकतले घर पनि बनाउन सुरु गरिसकेका थिएकोे समाचार आजको राजधानी दैनिकले लेखेको छ । 

सो घर पूर्णरूपमा बनिसकेको छैन । प्लास्टरसहितका काम बाँकी नै छन् ।

नेपाली सेनामा कार्यरत अनिल संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्यूआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए । उनी गत ७ पुसमा कंगो गएका थिए ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार, शान्ति सेनाको नेपाली टोलीलाई विद्रोही मिलिसियाले आक्रमण गर्दा अनिलको निधन भएको छ ।

अनिलको निधन सेनाका प्रवक्ता सिलवालले भने, ‘मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोज्दा शान्ति सेनाहरूले सशस्त्र विद्रोही समूहको कब्जा तोड्दै त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए । 

सेनाको प्रत्याक्रमणपछि हतियारधारी जत्था भागिसकेका थिए, भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्रहार गर्दा अनिल गुरुङले वीरगति प्राप्त गरे ।’

सैनिक प्रवक्ता सिलवालका अनुसार, ‘अपरेसन बाली’का सिलसिलामा यो घटना हुन गएको हो । प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा यो कारबाही चलाइएको थियो । कारबाहीमा विद्रोहीको अब्जेटिभ कब्जा गरी जमिन होल्ड गरेपछि विद्रोहीबाट भएको फायरमा उनी घाइते भएका थिए । 

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस, रवि र बालेनबारे प्रतिवेदनमा के छ ?

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतलाई समेत अनुसन्धान गर्न सिफारिस।

‘सर्मनाक’ हारपछि ओलीको विकल्प खोज्ने दिशामा एमाले नेता

काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हार...

इलाम १ अपडेटः कांग्रेसको अग्रता, माटोलाई पछ्याउँदै एमाले

काठमाडौँ । इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।...

कर्णालीमा पुगेन रास्वपाको लहर- कांग्रेस पहिलो, नेकपा दोस्रो

कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । निर्वाचनपश्चात् सम्पन्न मत...

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वि...

१६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा दुई तिहाइ बहुमततर्फ

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भए...

समानुपातिकमा रास्वपाले ३६ लाख ७२ हजार हटायो, अरुले कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअन...

भोजपुरमा शेरधनलाई हराउने ध्रुवराज- स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्...

राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा

म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा ...

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन,...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE