Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पाकिस्तानमा आम निर्वाचनको मिति प्रस्ताव गर्न निर्वाचन आयोगलाई आग्रह

खबरडबली संवाददाता

पाकिस्तान । देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई आग्रह गरेको छ ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले ट्वीटरमा शेयर गरेको सचिवालयको अप्रिल ५ गतेको पत्रमा देशको संविधानको प्रावधान अनुसार अप्रिल ३ मा भएको राष्ट्रिय सभा विघटनको मितिदेखि नब्बे दिनभित्र आम निर्वाचन सम्पन्न गर्ने मिति प्रस्ताव गर्न ईसिपीलाई आग्रह गरेको छ ।

“संविधानको धारा ४८ को उपधारा ५ (क) र धारा २२४ को उपधारा (२) मा राष्ट्रपतिले राष्ट्रियसभा विघटन भएको मितिले नब्बे दिन नकाट्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने व्यवस्था गरिएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

यसले निर्वाचन ऐन २०१७ अनुसार आम निर्वाचनको मिति घोषणा गर्न ईसिपीसँग परामर्श आवश्यक रहेको पनि बताएको छ । पधानमन्त्री इमरान खानको सल्लाहपछि आइतबार अल्वीले पाकिस्तानी संसद भङ्ग भएको घोषणा गरेका थिए। 

प्रधानमन्त्री इमरान खानले संसदको उपसभामुखले खानमाथिको अविश्वासको प्रस्तावलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार गरेको केही मिनेटपछि उक्त प्रस्ताव गरेका थिए । 

यसैबीच, कामचलाउ प्रधानमन्त्री नियुक्त नहुँदासम्म इमरान खानले प्रधानमन्त्रीका रुपमा निरन्तरता दिनेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेका छन्। 

पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रियसभा विघटनको विषयमा विचार गरिरहेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म जिम्मेवारीलाई निरन्तरता दिन प्रधानमन्त्री खानलाई नै तोकिएको हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending