Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त घोषणा

खबरडबली संवाददाता

सुर्खेत । यहाँको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन्। 

सो अवसरमा उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए । 

“कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने, “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ ।”

कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त घोषणा कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डानुसार लक्षित समुदायका नागरिकलाई पूर्णखोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताए । तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उनको भनाइ छ । 

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले भने “जनस्वास्थ्यका हिसाबले हाम्रो यो ठूलो उपलब्धि हो, छुटेकालाई खोप लगाउने काम भइरहेको छ, शतप्रतिशत प्रगति हासिल गरिएकाले खोपयुक्त घोषणा गरेका हौँ ।”

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो । चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्णखोप लगाइयो । यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो । 

जनस्वास्थ्य निरीक्षक गिरीले लक्षित जनसङ्ख्यालाई खोप लगाइसकेपछि सबै टोलमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकीको तथ्याङ्क सङ्कलन गरेको र छुटेकालाई बोलाएर खोप लगाइएको बताए । 

वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ । कोभिड–१९ महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला सङ्क्रमित सङ्ख्याका आधारमा वीरेन्द्रनगर ‘रेडजोन’मा थियो । हाल वीरेन्द्रनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको बताइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending