Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राजनीतिक केन्द्र भरतपुर महानगर : ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतिर

जनप्रनितिधिको कामप्रति जनताको गुनासै गुनासो

खबरडबली संवाददाता

चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले  सबैको ध्यान आकर्षित गरिरहेको छ । 

देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । 

यहाँका जनताको अपेक्षा भने सुशासन, पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषि उत्पादनमा अनुदान, व्यवस्थित बसोबास, पर्यटन प्रबद्र्धन, दिगो आर्थिक विकास जस्ता विषय जनताको चासोका विषय बनेका छन् ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपाने शिक्षा र स्वास्थ्य निःशुल्क गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिन्छन्। हुँदै नहुनेले शिक्षा र स्वास्थ्य निःशुल्क रुपमा पाउनुपर्ने भन्दै उहाँले हुनेखानेले सहज र सर्वसुलभ रुपमा शिक्षा र स्वास्थ्य पाउनुपर्ने बताए । 

उनले भने, “महानगरले शिक्षा र स्वास्थ्य सकेसम्म निःशुल्क गर्नुपर्छ, पैसा लिनुपर्दा सर्वसुलभ हुनुपर्छ ।”

२१औँ शताब्दीमा पनि उपचार नपाएर कसैले पनि मर्न नहुने उनको भनाइ छ । रोजगारीका लागि आवश्यक शिक्षा र तालिमको प्रबन्ध महानगरले गर्नुपर्ने न्यौपानेले बताए । 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई दिगो आर्थिक विकासको रणनीतिअनुसार महानगरमा काम गर्नुपर्ने बताए । वातावरण संरक्षण गर्न महानगरले ध्यान दिनुपर्ने भन्दै उहाँले प्राथमिकतामा फोहरमैला व्यवस्थापन, महानगरवासीको प्रतिव्यक्ति आय वृद्धिका लागि काम गर्नुपर्ने बताए । 

उनले भने, “उद्योग व्यवसाय खोल्ने वातावरण सिर्जना गरेर रोजगारी दिने गरी काम गर्नुपर्छ ।”

पोल्ट्री व्यवसायी उनले पोल्ट्रीको हबका रुपमा परिचित यहाँबाट फार्म विस्थापित हुँदै गएको भन्दै पोल्ट्रीसँग सम्बन्धित उद्योग स्थापनामा सहजीकरण गर्नुपर्ने बताए । उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु पौडेल महानगरवासीको पहिलो अपेक्षा रोजगारी भएको बताए । 

सुशासनको प्रत्याभूति दिलाउँदै सहज सुविधा पाउने वातावरण सिर्जना गर्न उनको जोड छ । कृषि उत्पादनको आधारमा दिइने अनुदान प्रभावकारी भएको भन्दै उहाँले त्यस अनुरुपको काम गर्नुपर्ने बताए । 

महानगरले प्रतिलिटर दूधमा रु तीन दिएको अनुदान प्रभावकारी भएको भन्दै यही मोडलमा काम गर्नुपर्ने उनले सुझाव दिए ।  

ग्रामीण क्षेत्रमा सडक सञ्जाल राम्रो बनेको भन्दै उनले सार्वजनिक यातायात सहज बनाउनु, खेलकुदमा जोड दिन, खुल्ला विश्वविद्यालय स्थापनामा पहल गर्न, स्मार्ट सिटीको काम सम्पन्न गर्न नागरिकको माग रहेको बताए । 

व्यवसायी दिनेशकुमार चुके पूर्वाधार विकासमा फड्को मारेको भए पनि अपेक्षाकृत हुन अझै बाँकी रहेको बताए । रोजगारमूलक उद्योगको स्थापना गर्न, बाहिरबाट बसाइसराइ गरी आएकालाई सर्वसुलभ रुपमा आवासको व्यवस्था गर्न उनले जोड दिए । 

पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको भन्दै उहाँले यसको व्यवस्थित व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । पर्यटकीय क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ छ ।

व्यवसायी राजन गौतम भरतपुर महानगरको विकासमा फरक ढङ्गले सोच्नुपर्ने बताए। महानगर नजिकै रहेको नगर वन झुक्किएर बनेको टापु भएको भन्दै नारायणीमा रहेका यस्ता टापुहरु निकालेर नदीलाई एउटै धारमा बगाउने व्यवस्था गर्नुपर्ने उनको तर्क छ । 

उनले भने “नारायणी तटबन्धमा अरबौं खर्च गर्ने होइन, नदीजन्य पदार्थ निकालेर खर्बौको आम्दानी गर्नुपर्छ ।” यसबाट लाखौं बिघा जमिन निस्कन र भरतपुर महानगर बच्ने उनको तर्क छ ।

महानगरभित्र बाँझो जमिन राख्न नहुने भन्दै उनले बाँझो जमिन राख्नेलाई कारबाही गर्ने गरी ऐन नियम बनाउनुपर्ने बताए । मौसम अनुसारको खेतीमा जोड दिनुपर्ने उनको भनाइ छ । 

उनले भने, “बेमौसमी खेती रोक्नुपर्छ ।” व्यावसायिक र कृषि क्षेत्रमा हुने दलालीतन्त्रको अन्त्य गर्नु उनको भनाइ छ । जमिनमा आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्न प्रोत्साहन गर्नुपर्ने गौतमले बताए । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...

नेकपापंक्तिमा प्रचण्डको निर्देशन- चुनावको विकल्प छैन, तयारीमा जट्नू

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...

यी हुन् नयाँ नेतृत्व चयनका लागि भोट नहाल्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

एमाले महाधिवेशन- २२२७ मत खस्यो, मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने

काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।  महाधिवेशनस्थल भृकुटीमण्...

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...

पदीय मर्यादा अनुरूप काम नगर्नेलाई कारबाही

धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...

निर्वाचन ७७ दिन बाँकी: निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending