Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

खबरडबली संवाददाता

बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । 

ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ ।

हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा)को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताए । 

उनका अनुसार भोलि बिहानैदेखि नाचगान सुरु हुने र पर्सिको दिन जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरु फर्किने कार्यक्रम रहेको छ । 

६० वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन नसकेको अवस्थामा आजदेखि पुनः जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

यसअघि २०६६ सालमा जनसहभागिताबाट रकम सङ्कलन गरेर भव्यरूपमा जात्रा सञ्चालन गरेकोमा त्यसको ठीक १२ वर्षपछि आजदेखि जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिका संयोजक सुरेश सैँजुले बताए । 

उनका अनुसार जात्रा सञ्चालनका लागि पनौती नगरपालिकाबाट रु १५ लाख प्राप्त गरिसकेको र नपुग रकमका लागि आजीवन सदस्यता शुल्कको प्राप्त ब्याजबाट व्यवस्थापन गर्ने गरी जात्रा सञ्चालन भइरहेको हो । त्रिशक्ति हरसिद्धिको पनौतीमा बास रहुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आफ्नै भिन्न पहिचान भएको प्राचीन नगर पनौती विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको एक तीर्थस्थलका साथै यहाँका सांस्कृतिक एवं पुरातात्विक सम्पदाको हिसाबले पनि खुला जीवित सङ्ग्रहालयको रूपमा परिचित छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending